क्यानाडा छाडेर अमेरिका जानेको संख्या बढ्दो
नेपालTouch
अन्टारियो। बढ्दो आर्थिक दबाब र जीवनयापनको उच्च लागतका कारण क्यानाडा छाडेर संयुक्त राज्य अमेरिका बसाइँ सर्नेहरूको संख्या वृद्धि भएको छ।
'नेशनल पोस्ट' मा प्रकाशित एक विवरण अनुसार क्यानाडामा बढ्दो कर, महँगी र आर्थिक सुस्तताका कारण धेरै नागरिक तथा स्थायी बासिन्दाहरू विकल्पको रूपमा अमेरिकातर्फ आकर्षित हुन थालेका हुन्।
क्यानाडामा पछिल्ला वर्षहरूमा घरजग्गाको अत्यधिक मूल्य, उच्च आयकर र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको ढाड सेकेको छ।
'फ्रेजर इन्स्टिच्युट'को प्रतिवेदन अनुसार औसत क्यानाडेली परिवारले आफ्नो कुल आम्दानीको ठूलो हिस्सा खाना, आवास र कपडाजस्ता आधारभूत आवश्यकतामा भन्दा बढी कर तिर्नमै खर्च गर्नुपर्ने बाध्यता छ।
यसका साथै स्वास्थ्य सेवामा देखिएको ढिलासुस्ती र जीवनयापनको गुणस्तरमा आएको गिरावटले पनि व्यवसायी, दक्ष जनशक्ति र युवाहरूलाई देश छाड्न प्रेरित गरिरहेको छ।
अर्कातर्फ अमेरिकामा आम्दानीको तुलनामा जीवनयापनको लागत सन्तुलित रहेको, व्यावसायिक अवसरहरू बढी भएको र आयकरको दर तुलनात्मक रूपमा कम रहेकाले मानिसहरू उता आकर्षित भएका हुन्।
विशेष गरी टोरन्टो, भ्यान्कुभरजस्ता ठूला सहरहरूमा बसोबास गर्नेहरूका लागि आवास र जीवनयापन धान्न कठिन बन्दै गएको छ।
क्यानाडामा रहेका नेपाली आप्रवासी तथा स्थायी बासिन्दाहरूका लागि समेत यी आर्थिक चुनौतीहरू प्रमुख चिन्ताको विषय बनेका छन्।
अवसर र आर्थिक स्थायित्वको खोजीमा अमेरिका जाने यो प्रवृत्तिले क्यानाडाको वर्तमान आर्थिक तथा सामाजिक नीतिमाथि गम्भीर प्रश्न उठाएको छ।

सम्बन्धित खबर

.png)




.png)














.png)






तपाईंको प्रतिक्रिया