भाडावाल मृत्यु प्रकरणमा ब्राम्प्टनका घरधनीलाई जेल सजाय
नेपालTouch
अन्टारियो। क्यानाडाको अन्टारियोस्थित ब्राम्प्टनमा तीन वर्षअघि भएको घातक आगलागी प्रकरणमा अदालतले घरधनीलाई जेल सजाय सुनाएको छ।
अग्नि सुरक्षासम्बन्धी सातवटा अभियोगमा दोषी ठहर गर्दै अदालतले घरधनीलाई १३५ दिनको जेल सजाय, दुई वर्षको प्रोबेसन तथा ६० हजार क्यानेडियन डलर जरिवाना र क्षतिपूर्ति तिराउने फैसला गरेको हो।
सन् २०२३ जुन २ को राति ब्राम्प्टनको ४७ जेड क्रिसेन्टस्थित घरमा आगलागी हुँदा एक गर्भवती महिला र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको थियो। घटनामा परिवारका अर्का एक सदस्य गम्भीर घाइते भएका थिए।
अनुसन्धानका क्रममा कानूनी रूपमा दुई वटा युनिटको मात्र अनुमति पाएको सो घरलाई घरधनीले अनुमतिविना चार वटा युनिटमा विभाजन गरेर भाडामा लगाएको पाइएको थियो।
भवन र अग्नि सुरक्षा मापदण्ड पूरा नगरेको, धुवाँ र कार्बन मोनोअक्साइड पत्ता लगाउने अलार्म जडान तथा मर्मत नगरेको पाइएपछि ब्राम्प्टन फायर एण्ड इमर्जेन्सी सर्भिसेजले मुद्दा चलाएको थियो।
ब्राम्प्टनका मेयर प्याट्रिक ब्राउन र ओन्टारियोका फायर मार्शल जोन पेगले यो घटनालाई रोकथाम गर्न सकिने दुखद् त्रासदी भन्दै भाडामा बस्नेहरूको सुरक्षाका लागि अग्नि सुरक्षा मापदण्डको पालना गर्नु घरधनीको कानूनी र नैतिक जिम्मेवारी भएको बताए।

सम्बन्धित खबर

.png)





.png)


















तपाईंको प्रतिक्रिया