मिसिसागा मेयरमा क्यारोलिन र बोनीबीच कडा प्रतिस्पर्धा
नेपालTouch
अन्टारियो। क्यानाडाको अन्टारियोस्थित मिसिसागा सहरको आगामी मेयर निर्वाचनमा वर्तमान मेयर क्यारोलिन पारिस र पूर्वमेयर बोनी क्रोम्बीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पछिल्लो सार्वजनिक मत सर्वेक्षणले दुवै नेताबीच बराबरीको अवस्था रहेको देखाएको छ।
'लाइजन स्ट्राटेजिज'ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार निश्चित मतदाता तथा निर्णय गर्न बाँकी रहेका तर कुनै एकातिर ढल्किएका मतदाताहरूमाझ पारिस र क्रोम्बी दुवैले समान ३५-३५ प्रतिशत समर्थन पाएका छन्। सम्पूर्ण मतदाताहरूको तथ्यांक हेर्दा दुवै जना २६-२६ प्रतिशत मतका साथ बराबरीको स्थितिमा छन्।
यस प्रतिस्पर्धामा अन्य उम्मेदवारहरू भने निकै पछाडि परेका छन्। सहरका वर्तमान काउन्सिलर दीपिका दामेर्ला १३ प्रतिशत र अल्भिन तेड्जो ९ प्रतिशत मतका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन्। बाँकी मतदाताहरूले भने अझै कसलाई भोट दिने भन्नेबारे निर्णय गरिसकेका छैनन्।
लाइजन स्ट्राटेजिजले अगस्ट ११ र १२ मा मिसिसागाका एक हजार जना बासिन्दाबिच टेलिफोनमार्फत यो सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा सहभागी ४६ प्रतिशत बासिन्दाले सहर गलत दिशातर्फ गइरहेको बताएका छन् भने ३२ प्रतिशतले मात्र सहरको वर्तमान स्थितिलाई सही ठहर्याएका छन्।
अन्टारियोको मिसिसागा सहरमा ठूलो संख्यामा नेपाली समुदायको बसोबास रहेको छ। सहरका बासिन्दाहरूका लागि महँगी, घरजग्गाको मूल्य, सम्पत्ति कर, यातायात तथा शान्ति सुरक्षा मुख्य चासोका विषय बनेका छन्। आगामी अक्टोबरमा हुने नगर निर्वाचन नजिकिँदै गर्दा दुई शीर्ष नेताहरूबीचको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

सम्बन्धित खबर

.png)





.png)


















तपाईंको प्रतिक्रिया