• शनिबार, ३० श्रावण, २०८३
  • Saturday, 15 August, 2026
  • X

ब्राम्प्टनका स्कुल बसमा क्यामेरा राखिने, नियम मिचे जरिवाना

नेपालTouch
बुधबार श्रावण २७, २०८३ | Wednesday August 12,2026

अन्टारियो। क्यानाडाको ब्राम्प्टन सहरमा सडक सुरक्षा प्रवर्द्धनका लागि स्कुल बसहरूमा स्वचालित क्यामेरा जडान गर्ने तयारी थालिएको छ।

सहरको नगर परिषद् बैठकमा प्रस्तुत प्रस्तावअनुसार स्कुल बसले यात्रु ओसार्दा वा रोकिँदा राखिने 'स्टप-आर्म' संकेतलाई मिचेर अघि बढ्ने सवारी साधनलाई कारबाही गर्न यस्तो प्रणाली ल्याउन लागिएको हो।

ब्राम्प्टनका मेयर प्याट्रिक ब्राउनले विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बोर्ड, बस सञ्चालक र प्रहरीसँग समन्वय गरेर यो प्रविधि भित्र्याउने प्रस्ताव गरेका हुन्। 

अन्टारियो राज्यको नियमअनुसार रातो बत्ती बलेको वा 'स्टप' संकेत देखाएको स्कुल बसलाई ओभरटेक गरेमा पहिलोपटक नै ४ सयदेखि २ हजार क्यानेडियन डलरसम्म जरिवाना र डिमेरिट अंक काटिने व्यवस्था छ।

यसका साथै सहरका विभिन्न क्षेत्रमा तीव्र गति नियन्त्रण गर्न 'स्पीड कुसन' राख्ने र सवारी आवागमनमा बाधा पुर्‍याउने स्थानहरूमा पार्किङ निषेधका संकेतहरू जडान गर्ने प्रस्तावसमेत गरिएको छ।

तपाईंको प्रतिक्रिया