• शनिबार, ३० श्रावण, २०८३
  • Saturday, 15 August, 2026
  • X

हिमालयन मेलामा गत वर्ष भन्दा करिव २७ प्रतिशतले धेरै खर्च

नेपालTouch
बिहीबार श्रावण २८, २०८३ | Thursday August 13,2026
फोटो: आयोजक

टोरोन्टो। क्यानाडाको टोरोन्टोस्थित नाथन फिलिप्स स्क्वायरमा अगस्ट ८, २०२६ शनिबार सम्पन्न मेलापछि आयोजक नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (एनसीसीएस) ले मेलाको आधिकारिक आय-व्यय विवरण सार्वजनिक गरेको छ।

संस्थाकाअनुसार यस वर्ष मेाबाट ७८ हजार ६५० आम्दानी भएको छ भने कुल खर्च ७५ हजार ४११.७४ पुगेको छ। यो गत वर्ष ५९,५०० थियो। २०२५ को तुलनामा यस वर्षको मेलाको कुल खर्चमा २६.७४ प्रतिशत (१५,९११.७४) ले वृद्धि भएको छ।

तर, बजेट र खर्च बढे तापनि संस्थाले मेलाबाट ४.१२ प्रतिशत अर्थात ३,२३८.२६ बचत गर्न सफल भएको जनाएको  छ।

आयोजक संस्थाका  अध्यक्ष तथा कार्यक्रम संयोजक सुदर्शन सापकोटाले आर्थिक पारदर्शिता संस्थाको महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै समुदाय, प्रायोजक, व्यवसायी तथा दाताबाट प्राप्त सहयोगको स्पष्ट विवरण सार्वजनिक गर्नु संस्थाको दायित्व भएको उल्लेख गरे। “समुदायबाट प्राप्त सहयोग र विश्वासप्रति हामी उत्तरदायी हुनुपर्छ। कार्यक्रमको आम्दानी, खर्च र बचत स्पष्ट रूपमा सार्वजनिक गर्नु हाम्रो जिम्मेवारी मात्र होइन, समुदायप्रतिको सम्मान पनि हो,” सापकोटाले भने। 

यस वर्षको मेलामा केहि नयाँ खर्चहरू थपिका कारण पनि मेला आयोजना महङ्गो हुन गयो। यस वर्ष टेन्ट, टेबल तथा कुर्सी, उच्च गुणस्तरको भिजुअल आर्टवर्क र स्टेज भिजुअलका लागि करिव १२ हजार खर्च भएको छ। "पहिला भेन्डरहरूले आफ्नै टेन्ट ल्याउने गर्थे भने यस पटक आयोजककै तर्फबाट व्यवस्थापन गर्नुपरेकाले कुल बजेटमा उल्लेख्य वृद्धि भएको हो", उनले भने।

सापकोटाले मेलाबाट बचत भएको रकम क्यानाडामा नयाँ आएका नेपालीहरूका लागि सञ्चालित कार्यक्रम, ज्येष्ठ नागरिकका गतिविधि, युवा सशक्तिकरण र आगामी सामुदायिक कार्यक्रमहरूमा प्रयोग गरिने जानकारी दिए।

आम्दानीको स्रोत 

क्रम संख्या विवरण/शीर्षक स्रोतको संख्या प्राप्त रकम आम्दानीको हिस्सा (%)
खाद्य स्टलहरू २१ वटा २८,२००.०० ३५.८५%
व्यावसायिक तथा प्रदर्शनी स्टलहरू ४५ वटा २६,५००.०० ३३.६९%
प्रायोजक तथा व्यक्तिगत दाताहरू ३५ जना २३,९५०.०० ३०.४५%
कुल जम्मा आम्दानी  ७८,६५०.०० १००%

खर्चका शीर्षक

 

आयोजकका अनुसार गत वर्ष नभएका शीर्षकहरूमा पनि सापटक खर्च भएको छ। यस वर्ष थपिएका खर्चहरूमा टेन्ट, टेबल तथा कुर्सी, उच्च गुणस्तरको भिजुअल आर्टवर्क र स्टेज भिजुअलका लागि ८ हजार २०० तथा नगरपालिकाको नियमअनुसार पावर वासिङका लागि ४ हजार समावेश छन्। यस पटक आयोजककै तर्फबाट भेन्डरको व्यवस्थापन गर्नु परेकाले कुल बजेटमा उल्लेख्य वृद्धि भएको अध्यक्ष सापकोटाले भने। 

क्रम संख्या खर्चको शीर्षक रकम  कुल खर्चको हिस्सा (%)
मञ्च, साउन्ड, पावर, लेड स्क्रिन, सिटी खर्च तथा प्राविधिक उत्पादन ३५,१५८.०० ४६.६२%
स्थान, टेन्ट तथा भौतिक पूर्वाधार ८,२९०.०० १०.९९%
कलाकार, मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम ५,८६६.०० ७.७८%
कलाकारको यात्रा तथा व्यवस्थापन ५,०४९.७६ ६.७०%
भेन्यु पावरवास सरसफाइ तथा फोहोर व्यवस्थापन ४,४१०.०० ५.८५%
बजारीकरण, विज्ञापन तथा छपाइ  ४,२०२.५१ ५.५७%
स्वयंसेवक/आयोजक व्यवस्थापन, टि-सर्ट तथा खाना/खाजा ३,३८०.०० ४.४८%
सुरक्षा, बीमा तथा आकस्मिक मेडिकल सेवा २,३६७.७१ ३.१४%
नगर अनुमति तथा सम्बन्धित खर्च २,०००.०० २.६५%
१० मञ्च सजावट तथा भिजुअल डिजाइन १,८८२.४२ २.५०%
११ विविध तथा अन्य सञ्चालन खर्च १,५१५.०० २.०१%
१२ सम्मानपत्र तथा मायाको चिनो १,२९०.३४ १.७१%
कुल जम्मा खर्च  ७५,४११.७४ १००%

तपाईंको प्रतिक्रिया