• शनिबार, ३० श्रावण, २०८३
  • Saturday, 15 August, 2026
  • X

क्यानाडामा नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको मौन संघर्ष

नेपालTouch
शुक्रबार श्रावण २९, २०८३ | Friday August 14,2026
नेपाल टच ग्राफिक्स

केही वर्षयता हजारौँ नेपाली युवायुवती उच्च शिक्षा, उज्ज्वल भविष्य आर्थिक समृद्धिको सपना बोकेर क्यानाडा पुगेका छन्। उनीहरूका सपना केवल आफ्ना लागि मात्र हुँदैनन्; ती सपना परिवारको आशा, अभिभावकको त्याग गाउँसमाजको अपेक्षासँग पनि गाँसिएका हुन्छन्।

धेरै अभिभावकहरूले आफ्नो जीवनभरको कमाइ खर्च गरेका छन्। कतिपयले ऋण लिएका छन्, घरजग्गा धितो राखेका छन्, भविष्यको आशा छोराछोरीको काँधमा सुम्पेका छन्। तर क्यानाडा पुगेपछि धेरै विद्यार्थीहरूले कल्पना गरेभन्दा निकै फरक यथार्थको सामना गर्नुपर्छ।

उनीहरूलाई एकैसाथ धेरै चुनौतीहरूले घेर्छन्

  • महँगो ट्युसन शुल्क 

  • बढ्दो घरभाडा जीवनयापन खर्च 

  • बैंक तथा व्यक्तिगत ऋणको चाप 

  • कलेजको पढाइ असाइनमेन्टको दबाब 

  • दिनरात काम गर्नुपर्ने बाध्यता 

  • भाषा तथा संस्कृतिको फरकपन 

  • परिवार समुदायबाट टाढा हुनु 

  • स्थायी बसोबास सम्बन्धी अनिश्चित नीति 

  • भविष्यप्रतिको निरन्तर चिन्ता 

सामाजिक सञ्जालमा उनीहरूको जीवन सफल, खुसी व्यवस्थित देखिन सक्छ। मुस्कुराएका तस्बिर, नयाँ ठाउँको भ्रमण उपलब्धिका पोस्टहरूले सबै कुरा राम्रो भइरहेको सन्देश दिन्छन्। तर धेरैजसो अवस्थामा ती तस्बिरहरू पछाडि एउटा मौन संघर्ष लुकेको हुन्छनिद्राविहीन रातहरू, आर्थिक तनाव, एक्लोपन, घरको याद, असफल हुने डर भविष्यको अन्योल।

कल्पना गरौँ, आयुष शर्मा (काल्पनिक नाम) अध्ययनका लागि क्यानाडा आएका छन्। उनका आमाबुबाले घर धितो राखेर उनलाई विदेश पठाएका छन्। बिहान कलेज, साँझ पार्टटाइम काम, राति असाइनमेन्ट, बढ्दो खर्च, नेपालमा रहेका परिवारको अपेक्षा आफू सफल हुनैपर्ने दबाबयी सबैले उनको मानसिक स्वास्थ्य क्रमशः कमजोर बनाउँदै लैजान्छ।

अर्कोतर्फ प्रतिमा कार्की (काल्पनिक नाम) पनि पढाइ, काम आर्थिक अभावबीच संघर्ष गरिरहेकी छन्। उनी लामो समयदेखि डिप्रेसन चिन्ताका लक्षण अनुभव गरिरहेकी छन्। तर "यदि मैले मनोपरामर्श लिएँ भने मानिसहरूले के भन्लान्?", "घरमा थाहा भयो भने चिन्ता गर्छन्" भन्ने डरले उनले आफ्नो पीडा कसैसँग खोल्न सक्दिनन्।

यी पात्रहरू काल्पनिक हुन्, तर यस्ता कथाहरू हजारौँ नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको वास्तविक जीवनसँग मिल्दोजुल्दो छन्।

विदेशमा बसाइँ सर्दा मानिसले केवल देश मात्र परिवर्तन गर्दैन; उसले आफ्नो सामाजिक सम्बन्ध, सांस्कृतिक पहिचान, भावनात्मक सहारा दैनिक जीवनको परिचित वातावरण पनि परिवर्तन गरिरहेको हुन्छ। यही परिवर्तनसँग समायोजन गर्न नसक्दा धेरै विद्यार्थीहरू गहिरो मानसिक तनावमा पुग्ने गरेका छन्।

नेपाली आप्रवासी समुदायमा बढ्दो मानसिक स्वास्थ्य चुनौती

क्यानाडामा नेपाली समुदाय तीव्र रूपमा विस्तार भइरहेको छ। नेपालीहरू शिक्षा, स्वास्थ्य, व्यवसाय, सरकारी सेवा, अनुसन्धान, सूचना प्रविधि तथा विभिन्न पेशामा उल्लेखनीय सफलता हासिल गरिरहेका छन्। यो गर्वको विषय हो।

तर सफलताका चम्किला कथाहरूको पछाडि धेरै नदेखिएका संघर्षहरू पनि छन्।

धेरै आप्रवासीहरूले नयाँ देशमा आफ्नो जीवन शून्यबाट सुरु गर्नुपर्छ। नयाँ समाज, नयाँ संस्कृति, नयाँ कानुनी व्यवस्था नयाँ जीवनशैलीसँग घुलमिल हुन समय लाग्छ। यसबीच उनीहरूले विभिन्न मनोसामाजिक चुनौतीहरूको सामना गर्नुपर्छ।

तीमध्ये प्रमुख चुनौतीहरू हुन्

  • आप्रवासनसम्बन्धी अनिश्चितता 

  • आर्थिक जिम्मेवारी 

  • नेपालमा रहेका परिवारलाई नियमित आर्थिक सहयोग गर्नुपर्ने दबाब 

  • वैवाहिक सम्बन्धमा आउने तनाव 

  • घरेलु हिंसा  

  • अन्तरंग सम्बन्धमा हुने हिंसा (Intimate Partner Violence) 

  • सामाजिक एक्लोपन 

  • सांस्कृतिक समायोजनको कठिनाइ 

  • मानसिक स्वास्थ्य सेवाबारे जानकारीको अभाव 

  • नेपाली भाषामा सहज सेवा नपाउनु 

नेपालबाट टाढा बस्दा धेरै व्यक्तिहरूले आफ्ना भावनाहरू व्यक्त गर्ने सुरक्षित वातावरण पाउँदैनन्। उनीहरू बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै चिन्ता, डिप्रेसन, आत्मग्लानि निराशासँग संघर्ष गरिरहेका हुन सक्छन्।

समुदायका अगुवाहरू तथा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत पेशेवरहरूले पछिल्ला वर्षहरूमा नेपाली समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या आत्महत्याका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै आएका छन्। यस्ता प्रत्येक घटनाले एउटा परिवार मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई भावनात्मक रूपमा स्तब्ध बनाउने गरेको छ।

समुदायमा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि भइरहेको प्रयास

मानसिक स्वास्थ्यसम्बन्धी बढ्दो चुनौतीलाई मध्यनजर गर्दै क्यानाडामा विभिन्न नेपाली संस्थाहरूले जनचेतना अभिवृद्धि, प्रारम्भिक हस्तक्षेप (Early Intervention) मनोसामाजिक सहयोगका कार्यक्रम सञ्चालन गरिरहेका छन्।

विशेषगरी हेल्पिङ ह्याण्ड विदाउट बोर्डर्स क्यानाडाले विभिन्न सामुदायिक संस्था तथा नेपाली डायस्पोरासँग समन्वय गर्दै मानसिक स्वास्थ्य सचेतना, वेबिनार, अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम तथा आवश्यक परेका व्यक्तिहरूलाई मनोसामाजिक सहयोग उपलब्ध गराउने कार्य गर्दै आएको छ।

यसैगरी, सम्पूर्ण नेपाली डायस्पोराको साझा संस्था एनआरएनए क्यानाडाले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मेन्टल हेल्थ काउन्सिल गठन गरेको छ। परिषद्मार्फत हामी लेखकद्वयले मानसिक स्वास्थ्य परामर्शदाताका रूपमा राजन छत्कुली  घरेलु हिंसा तथा अन्तरंग सम्बन्धमा हुने हिंसा परामर्शदाताका रूपमा निरुपमा शर्माले सेवा दिइरहेका छौं। 

एनआरएनए क्यानाडाका अन्टारियो क्षेत्रका उपसभापति तथा परिषद्को समन्वयकारी भूमिकामा रहेका प्रतीक भण्डारीका अनुसार परिषद्ले स्थापना भएदेखि हालसम्म मानसिक स्वास्थ्य संकट, घरेलु हिंसा, अन्तरंग सम्बन्धमा हुने हिंसा, आत्महत्याको जोखिम, अन्तर्राष्ट्रिय विद्यार्थीका मानसिक स्वास्थ्य चुनौतीलगायत ४२ भन्दा बढी जटिल केसहरूमा प्रारम्भिक हस्तक्षेप, मनोसामाजिक परामर्श, अस्पतालसँग समन्वय, डिस्चार्ज योजना तथा समुदायमा पुनःस्थापनाको प्रक्रियामार्फत सहयोग प्रदान गरेको छ।

यस्ता सेवाहरूले समयमै उचित सहयोग उपलब्ध गराउन सके धेरै व्यक्तिहरूलाई थप जटिल मानसिक स्वास्थ्य संकटमा पुग्नबाट जोगाउन सकिने अनुभव देखिएको छ।

पुरुष किन बढी मौन हुन्छन्?

क्यानाडा लगायत विश्वका धेरै देशहरूको तथ्यांकले एउटा समान प्रवृत्ति देखाउँछआत्महत्याबाट मृत्यु हुनेमध्ये पुरुषहरूको संख्या महिलाभन्दा उल्लेखनीय रूपमा बढी छ।

यसको अर्थ पुरुषहरूमा मानसिक स्वास्थ्य समस्या बढी हुन्छ भन्ने होइन; बरु धेरै पुरुषहरूले आफ्नो मानसिक पीडा व्यक्त गर्न नसक्ने अवस्था बढी देखिन्छ।

हाम्रो समाजले सानैदेखि पुरुषलाई केही निश्चित मान्यताहरू सिकाउँदै आएको

"पुरुष रोदैन।"

"बलियो बन्नुपर्छ।"

"समस्या आफैं समाधान गर्नुपर्छ।"

"भावुक हुनु कमजोरी हो।"

यस्ता सामाजिक धारणाले धेरै पुरुषलाई आफ्ना भावनाहरू दबाउन सिकाउँछ। उनीहरू चिन्ता, डिप्रेसन, असफलता वा मानसिक पीडाका बारेमा खुलेर कुरा गर्न हिच्किचाउँछन्। सहयोग माग्नु कमजोरी हो भन्ने गलत सोचका कारण धेरै पुरुषहरू अन्तिम अवस्थासम्म पनि मौन बस्ने गर्छन्।

कल्पना गरौँ, विकास गुरुङ (काल्पनिक नाम) ले आफ्नो रोजगारी गुमाएका छन्। नेपाल क्यानाडामा रहेका परिवारको आर्थिक जिम्मेवारी उनको काँधमा छ। बढ्दो खर्च, ऋण भविष्यको अनिश्चितताले उनी निरन्तर तनावमा छन्। तर उनी कसैसँग आफ्नो पीडा व्यक्त गर्न गर्दैनन्। साथीहरूलाई पनि "सबै ठीक " भन्ने उत्तर दिन्छन्।

समयसँगै उनी सामाजिक रूपमा अलगिन थाल्छन्। निद्रा बिग्रन्छ। आत्मविश्वास घट्छ। निराशा बढ्दै जान्छ। उपचार नपाएको डिप्रेसनले उनको सोच्ने क्षमता, निर्णय गर्ने क्षमता आशा गर्ने क्षमतामाथि नै असर पार्न थाल्छ।

धेरै व्यक्तिहरूमा बाल्यकालमा भोगेका हिंसा, उपेक्षा, दुर्व्यवहार वा अन्य आघातका अनुभवहरू वर्षौंसम्म दबिएर बसिरहेका हुन्छन्। जीवनमा पछि आएर आर्थिक संकट, सम्बन्ध विच्छेद, दुर्घटना वा अन्य गम्भीर घटनाले ती पुराना घाउ फेरि बल्झाउन सक्छन्। परिणामस्वरूप केही व्यक्तिहरूमा पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD), गम्भीर डिप्रेसन, चिन्ता वा भावनात्मक अस्थिरता विकसित हुन सक्छ।

यस्ता अवस्थाबाट अस्थायी रूपमा उम्किन कतिपय व्यक्तिहरू मदिरा वा लागुऔषधको सहारा लिन पुग्छन्। तर यसले मानसिक स्वास्थ्य झन् बिगार्ने, आवेग बढाउने आत्महत्याको जोखिमलाई थप तीव्र बनाउने सम्भावना हुन्छ।

पुरुष हुनु भनेको पीडा लुकाउनु होइन। वास्तविक साहस भनेको आवश्यक पर्दा आफ्ना भावना व्यक्त गर्नु, विश्वासिलो व्यक्तिसँग कुरा गर्नु समयमै व्यावसायिक सहयोग लिनु हो। मानसिक स्वास्थ्यको उपचार लिनु कमजोरी होइन; यो आफ्नो जीवनप्रतिको जिम्मेवारी साहसको परिचायक हो।

नोट: यस लेखमा उल्लेख गरिएका आयुष शर्मा, प्रतिमा कार्की, विकास गुरुङ र सुष्मिता अधिकारी लगायतका नाम तथा पात्रहरू पूर्ण रूपमा काल्पनिक हुन्। तिनीहरू कुनै वास्तविक व्यक्ति वा घटनासँग सम्बन्धित छैनन्। यी उदाहरणहरू मानसिक स्वास्थ्यसम्बन्धी सामाजिक यथार्थलाई सहज रूपमा बुझाउन मात्र प्रयोग गरिएका हुन्।

मिराकल काउन्सिलिङ एन्ड थेरापी सर्भिसेसका सञ्चालक लेखकद्वय क्यानडामा लाइसेन्स प्राप्त मानसिक स्वास्थ्य परामर्शदाता हुन्।

तपाईंको प्रतिक्रिया