• शनिबार, २२ कार्तिक, २०८३
  • Saturday, 07 November, 2026
  • X

पेशामा स्थापित हुन क्यानाडामा पाइन्छ निःशुल्क सेवा

टिगन डि सेगन

आइतबार फाल्गुण ८, २०७८ | Sunday February 20,2022
फोटोः लेखक

नयाँ देशमा  बसाइँसराई गर्दा धेरै चुनौतीको सामना गर्नु परे पनि त्यसले धेरै अवसर पनि प्रदान गर्छ। क्यानाडामा सरकारको सहि साथ र समर्थनले तपाईं आफ्नो अंग्रेजी भाषामा सुधार गर्न सक्नु हुन्छ, रोजेको विषयमा शिक्षा लिन सक्नु हुन्छ, जसले गर्दा तपाईं यहाँ आएको केहि समयभित्रै आफ्नो शिक्षा र रोजगारीको लक्ष्यमा पुग्न सक्नु हुन्छ।

कुनै पनि नयाँ देशमा बसाइँसराई गरेपछि अत्यावश्यक कुरा भनेको त्यो देशको भाषामा पोख्त हुनु र आफुले चाहेको पेशामा सफल हुनु नै हो।

एकजना नयाँ व्यक्तिको रूपमा तपाईंको चाहना पनि क्यानाडाको कामकाजी भाषामा उच्च क्षमता हासिल गरौं र पेशामा सफलता प्राप्त गरौं भन्ने नै हो।

अंग्रेजी भाषामा कमजोर भएकाले आफ्नो पेशामा सफलता पाउनका लागि पहिलो कुरा त्यो भाषाको सीप विकास गर्न प्रशिक्षण कक्षाहरू लिनु पर्छ। कामको अनुभवका अवसरहरूका लागि पनि समय दिनु पर्ने हुन सक्छ।

भाषा आधारभुत कुरा भइहाल्यो, रोजगारदाताहरूले क्यानाडामा काम गरेको अनुभवलाई उच्च मान्यता दिन्छन्। त्यसले नयाँ राोजगारीका ढोकाहरू खोल्न सक्छ।

यदि तपाईं एडण्टन, अल्बर्टा वा यस वरपर बस्नु हुन्छ भने क्याथोलिक सोसल सर्भिसेसको भाषा मूल्यांकन र परामर्शसम्बन्धि काम गर्ने (LARCC)ले शैक्षिक परामर्शका साथै आवश्यक हुनेलाई भाषा प्रशिक्षणका लागि भरपुर मद्दत गर्न सक्छ। सहि समयमा सहि सुचनाले तपाईंलाई आफ्नो लक्ष्य चाँडै भेट्टाउन मद्दत गर्छ। 

तपाईंले शैक्षिक परामर्शका लागि परामर्शदातासँग छुट्टै भेटेर आफ्नो शैक्षिक लक्ष्य र सम्भावनाहरूबारे गहन छलफल गर्ने अवसर पनि पाउनु हुनेछ।

यदि तपाईं नयाँ पेशा वा शैक्षिक मार्गमा जान चाहनु हुन्छ भने पनि उपयुक्त सम्भावनाहरूका बारे अनुभवी परामर्शदाताबाट जानकारी पाउनु हुनेछ।

उनीहरूले शैक्षिक सम्भावनाका बाटोका बारेमा मात्र हैन, त्यस क्षेत्रमा प्रवेश गर्न चाहिने आधारभूत कुराहरू र आर्थिक श्रोतका सम्भावित बाटाहरू बारे पनि जानकारी दिन्छन्।

यदि तपाईं आफ्नो वर्तमान विशेषज्ञताको क्षेत्रमा नै जागिर खोज्न चाहनु हुन्छ भने शैक्षिक परामर्शदाताले  तपाईंलाई अनुभव, अवसर आदिका आधारमा स्वयमसेवामा पठाउन सक्छन्।

उनीहरूले तपाईंको शैक्षिक मूल्याङ्कन र क्यानाडाको समकक्षता निर्धारण बारे पनि जानकारी दिन सक्छन्।

समकक्षतापछि क्यानाडाका रोजगारदाताहरूलाई तपाईंले आर्जन गरेको ज्ञान, सीप र शैक्षिक योग्यताको बारेमा बुझ्न मद्दत हुनुको साथै उनीहरूले त्यसको कदर पनि गर्छन्। 

अन्त्यमा, LARCC ले पेशा र शिक्षासँग सम्बन्धित विभिन्न विषयहरूमा निःशुल्क अनलाइन सूचना सत्रहरू पनि सञ्चालन गर्छ। यो कार्यक्रमलाई इमिग्रेशन, रेफ्युजी एण्ड सिटिजनसिप क्यानाडाले आर्थिक सहयोग गरेको छ।

एडमण्टन, अल्बर्टामा बसोबास गर्ने स्थायी बासिन्दा, शरणार्थी र क्यानाडाका नागरिकहरूका लागि LARCC को सेवा नि: शुल्क उपलब्ध छ। थप जानकारीका लागि यस लिङ्कमा यो लिङ्कमा 'साइन अप' गर्न सक्नुहुन्छ। 

लेखकः टिगन डि सेगन  अनुवाद: दीपक जमकटेल

-लेखिका सेगन LARCC का कार्यक्रम संयोजक हुन्। 

तपाईंको प्रतिक्रिया