क्यानाडाले २०२७ भित्र ६ लाख २२ हजार जनालाई ‘पीआर’ दिने
नेपालTouch
टोरन्टो । क्यानाडा सरकारले सन् २०२७ देखि २०२९ सम्मको नयाँ इमिग्रेसन लेभल्स प्लान सार्वजनिक गरेको छ।
अटवास्थित संसद्मा प्रस्तुत गरिएको यस योजनाअनुसार आगामी वर्ष सन् २०२७ मा विभिन्न श्रेणी र व्यवस्थापन दायरासहित कुल ६ लाख २२ हजारसम्मलाई नयाँ पर्मानेन्ट रेसिडेन्ट बनाउने लक्ष्य लिइएको छ।
बजेट वक्तव्यमार्फत सार्वजनिक गरिएको यस नयाँ नीतिले नियमित वार्षिक पर्मानेन्ट रेसिडेन्टको आधारभूत लक्ष्य ३ लाख ८० हजार कायम राखेको छ।
आवास, स्वास्थ्य सेवा र सामाजिक पूर्वाधारमा परेको दबाबलाई मध्यनजर गर्दै नयाँ आउने टेम्पोररी रेसिडेन्टहरूको संख्या भने वार्षिक ३ लाख ७० हजारमा सीमित गर्ने निर्णय गरिएको छ।
समाचार शीर्षकमा उल्लेखित ६ लाख २२ हजारको आँकडा नियमित वार्षिक लक्ष्य मात्र नभई सन् २०२७ को आधारभूत पर्मानेन्ट रेसिडेन्ट लक्ष्य (३ लाख ८० हजार) र क्यानाडाभित्रै बसोबास गरिरहेका टेम्पोररी रेसिडेन्टहरूका लागि ल्याइएको विशेष रूपान्तरण योजना (२ लाखसम्म) लगायतका कुल अधिकतम दायरा मिलाएर तय गरिएको एकीकृत सङ्ख्या हो।
यस अतिरिक्त प्रक्रियामार्फत् देशभित्रै रहेका टेम्पोररी रेसिडेन्टहरूलाई पर्मानेन्ट रेसिडेन्टमा परिणत गरिनेछ।
यस इमिग्रेसन योजनाको प्रशासनिक व्यवस्थापन र कार्यान्वयनका लागि आइआरसिसीलाई आगामी चार वर्षका लागि ५ करोड ६९ लाख क्यानेडियन डलर थप बजेट विनियोजन गरिएको छ। साथै इन-क्यानाडा ट्रान्सफर कार्यक्रमका लागि थप ३० करोड २३ लाख क्यानेडियन डलर छुट्याउँदै श्रम बजारको माग र आर्थिक स्थायित्वलाई सन्तुलनमा राख्ने सरकारको नीति रहेको छ।

सम्बन्धित खबर.png)
.png)




.png)







.png)
.png)
.png)
.png)







तपाईंको प्रतिक्रिया