• मंगलबार, १८ कार्तिक, २०८३
  • Tuesday, 03 November, 2026
  • X

विश्व साइकल यात्री शर्मालाई टोरन्टोमा सम्मान

नेपालTouch
सोमबार कार्तिक १७, २०८३ | Monday November 02,2026

टोरन्टो। वातावरण संरक्षण तथा जलवायु परिवर्तनविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित विश्व साइकल यात्रामा रहेका नेपाली साइकल यात्री शुभप्रसाद शर्मालाई क्यानाडाको स्कार्बोरोमा सम्मान गरिएको छ।

सन् २०२२ अप्रिल १४ मा काठमाडौंमा एउटा बिरुवा रोपेर सुरु गरिएको उनको यो अभियानअन्तर्गत हालसम्म २७ देशको यात्रा, करिब २७ हजार किलोमिटर साइकल यात्रा र ६० हजार वटा बिरुवा रोप्ने कार्य सम्पन्न भएको जनाइएको छ। 

स्वाजत तथा सम्मान कार्यक्रममा पशुपति तथा बुद्ध मन्दिरका अध्यक्ष निल पौड्याल, नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेजका अध्यक्ष सुदर्शन सापकोटा, सिर्जनशील समाजका संस्थापक अध्यक्ष शिशिर पाण्डे तथा फिस्टेल स्पोर्ट्स क्लबका महासचिव कृष्ण पौडेलले शर्मालाई स्वागत गर्दै उनको साहसिक अभियानको सफलताको शुभकामना दिएका थिए। 

कार्यक्रममा विश्व साइकल यात्री शर्माले आफ्नो यात्राका अनुभव, उद्देश्य, चुनौती र आगामी योजनाबारे बोलेका थिए।

त्यस अवसरमा शर्मालाई मायाको चिनोसहित आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो। व्यक्तिगत तथा संस्थागत सहयोगबाट अघि बढिरहेको यस अभियानको निरन्तरताका लागि शर्माले सबैको साथ, सहयोग र शुभेच्छाको अपेक्षा गरे।   

आगामी पाँच वर्षमा १५० देशमा पुगेर वृक्षरोपण गर्ने उनको लक्ष्य छ। मन्दिर परिषरमा आयोजित उक्त कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो

तपाईंको प्रतिक्रिया