• बुधबार, १२ कार्तिक, २०८३
  • Wednesday, 28 October, 2026
  • X

मिसिसागामा ४८ वर्षपछि पुरुष मेयर

नेपालTouch
मंगलबार कार्तिक ११, २०८३ | Tuesday October 27,2026
-नेपाल टच ग्राफिक्स

मिसिसागा। क्यानाडाको अन्टारियोको मिसिसागा शहरले दशकौँपछि पहिलो पटक पुरुष मेयर पाएको छ। आजै सोमबार सम्पन्न नगरपालिका निर्वाचनमा एल्भिन तेज्योले बहालवाला मेयरलाई पराजित गर्दै मेयर पदमा निर्वाचित भएसँगै मिसिसागाको स्थानीय राजनीतिमा झण्डै पाँच दशक लामो महिला नेतृत्वको निरन्तरताको अन्त्य भएको छ। 

क्यानाडाको प्रमुख आर्थिक तथा औद्योगिक केन्द्र मानिने मिसिसागा शहर लामो समयदेखि शक्तिशाली महिला नेताहरूको नेतृत्वमा रहँदै आएको थियो। सन् १९७८ देखि २०१४ सम्म लगातार ३६ वर्ष चर्चित प्रभावशाली नेतृ हेजल म्याकालियनले मेयरको कार्यभार सम्हालेकी थिइन्। त्यसपछि सन् २०१४ देखि २०२४ सम्म बोनी क्रोम्बी र त्यसपछि क्यारोलिन पारिसले शहरको नेतृत्व सम्हालेका थिए। यस पटक पारिस तेज्योसँग पराजित हुन पुगिन्।

लगभग ४८ वर्ष पछि स्थानीय राजनीतिमा एक पुरुष उम्मेदवारले मेयरको पद सुरक्षित गर्न सफल भएका छन्। यसअघि सन् १९७८ भन्दा पहिले मात्र मिसिसागामा पुरुष मेयर रहेका थिए। यसपटकको प्रतिस्पर्धामा एल्भिन तेज्योले पूर्व मेयरहरू तथा स्थापित राजनीतिक हस्तीहरूलाई पछि पार्दै विजय हासिल गरेका हुन्। इण्डोनेसियाबाट ४  वर्षको उमेरमा क्यानाडा आएका उनी मिसिसागामा हुर्किएका थिए। 

हालका वार्ड काउन्सिलर तेज्यो यस अघिको २०२४ मा भएको निर्वाचनमा पनि मेयर पदमा उम्मेदवार बनेर पारिससँग पराजित भएका थिए।  

 

तपाईंको प्रतिक्रिया