मिसिसागाका नवनिर्वाचित मेयर टेड्जोले सार्वजनिक गरे संक्रमणकालीन टोली
नेपालTouch
अन्टारियो। मिसिसागाका नवनिर्वाचित मेयर एल्भिन टेड्जोले नगर नेतृत्व हस्तान्तरण र नयाँ कार्यकालको तयारीका लागि गठन गरिएको संक्रमणकालीन टोलीका सदस्यहरूको नाम सार्वजनिक गरेका छन्।
टेड्जोले सामाजिक सञ्जालमार्फत टोली घोषणा गर्दै वर्तमान तथा पूर्व नेतृत्वको अनुभवलाई आफ्नो भावी योजनासँग जोडेर सहज सत्ता हस्तान्तरण गर्ने बताएका छन्। नयाँ नेतृत्वले पहिलो दिनदेखि नै चुनावी प्रतिबद्धता कार्यान्वयनमा लैजाने तयारी गरेको उनको भनाइ छ।
उनका अनुसार संक्रमणकालीन समितिले सिटी हलमा नयाँ नेतृत्वको सुरुवाती कामका लागि आधार तयार गर्नेछ। यसले विगतका नेतृत्वको अनुभव र नयाँ नेतृत्वको योजनाबीच समन्वय गर्दै नगर प्रशासनमा सहज हस्तान्तरण सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
अक्टोबर २६ मा भएको नगर निर्वाचनमा टेड्जोले निवर्तमान मेयर क्यारोलिन पारिस र पूर्वमेयर बोनी क्रोम्बीलाई पराजित गरेका थिए। निर्वाचनको अनौपचारिक नतिजाअनुसार उनले ७४ हजार ४७९ मत प्राप्त गरेका थिए। पारिसले ५१ हजार ८५३ र क्रोम्बीले ४३ हजार १९१ मत पाएका थिए।
नवनिर्वाचित मेयरले चुनावी प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान र नगरको भविष्यका लागि नयाँ अध्याय सुरु गर्न आफू केन्द्रित रहेको बताएका छन्।

सम्बन्धित खबर












.png)
.png)
.png)









तपाईंको प्रतिक्रिया