• शनिबार, १५ कार्तिक, २०८३
  • Saturday, 31 October, 2026
  • X

‘नेपप्रेनर्स नेटवर्क’को तेस्रो उद्यमशीलता भेटघाट हुँदै

नेपालTouch
शनिबार कार्तिक १५, २०८३ | Saturday October 31,2026

टोरन्टो। क्यानाडामा रहेका नेपाली उद्यमी, व्यवसायी, लगानीकर्ता तथा नयाँ व्यवसाय सुरु गर्न चाहने युवाहरूलाई जोड्ने उद्देश्यले ‘नेपप्रेनर्स नेटवर्क—तेस्रो टोरन्टो मिटअप’ आयोजना हुने भएको छ। कार्यक्रम आगामी नोभेम्बर २९, २०२६ (आइतबार) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टोरन्टोको नमस्ते प्याभिलियनमा हुने आयोजकले जनाएको छ। सहभागिता निःशुल्क भए पनि सीमित स्थानका कारण अग्रिम दर्ता अनिवार्य गरिएको छ।

टोरन्टो शहरमा नेपाली समुदाय विभिन्न व्यावसायिक क्षेत्रमा सक्रिय रहे पनि अनुभव र सीप साटासाटा गर्ने साझा मञ्चको आवश्यकतालाई ध्यानमा राख्दै यो कार्यक्रम गर्न लागिएको हो। कार्यक्रममा प्यानल छलफल, राउन्डटेबल संवाद र प्रोफेसनल नेटवर्किङलाई प्राथमिकता दिइनेछ। अनुभवी उद्यमीका अनुभव सुन्नुका साथै क्यानाडामा व्यवसाय सुरु गर्दा आउने चुनौती र अवसरहरूबारे यसमा छलफल हुनेछ।

यो कार्यक्रम सञ्चालनमा रहेका व्यवसायका लागि मात्र नभई नयाँ सोच वा स्टार्टअपको योजना बनाइरहेका, साझेदार खोजिरहेका तथा उद्यमशीलताबारे सिक्न इच्छुक जोकोहीका लागि खुला छ। यसले समुदायभित्र विश्वास र सहकार्यको संस्कृति विकास गर्ने आयोजकको विश्वास छ।

कार्यक्रम बिहान ११:०० देखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुनेछ। दर्ताका लागि: https://luma.com/ca7l4wl4)

तपाईंको प्रतिक्रिया