देवकोटा जयन्तीमा ‘हिमालको आवाज’ कविता सङ्ग्रह लोकार्पण हुने
नेपालTouch
भ्यानकुभर। वाङ्मय विमर्श तथा साहित्य संवादले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्तीको अवसर पारेर कविता सङ्ग्रह ‘हिमालको आवाज’को लोकार्पण गर्ने भएको छ।
पुस्तक नोभेम्बर ८, २०२६ (कार्तिक २२) आइतबार नेपाली समय साँझ ७ बजे र अमेरिकी पूर्वीय समय बिहान ९ बजे जुम प्लेटफर्ममार्फत लोकार्पण गरिनेछ।
२०२६ अगस्ट २६ मा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित जनजीवनप्रति समर्पित यस सङ्ग्रहमा ११८ जना कविका रचना समेटिएका छन्।बाढीपहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि संस्थाले शोक कविता गोष्ठी आयोजना गरेको थियो।
उक्त कार्यक्रममा वाचन गरिएका र अन्य स्रष्टाका कविता, गीत, गजल तथा मुक्तक सङ्कलन गरी पुस्तक प्रकाशन गर्ने योजना बनाइएको थियो।
हाललाई नेपाली भाषामा मात्रै प्रकाशन गरिएको पुस्तकमा २७२ पृष्ठ छन्।
शब्दार्थ प्रकाशनले प्रकाशित गरेको पुस्तकको भाषा सम्पादन नन्दु उप्रेतीले गरेका छन्।
प्रकाशनका लागि प्राध्यापक मोहन सिटौला र प्राध्यापक डा. हेमनाथ पौडेलले सल्लाह तथा सुझाव दिएका थिए। साहित्यकार वसन्त अज्ञातले पुस्तकको आवरण तयार पारेका हुन्।

नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा सक्रिय वाङ्मय विमर्श तथा साहित्य संवादले यसअघि उपन्यास, गजल, छन्दकविता, निबन्ध, लघुकथा तथा मुक्तक लेखनसम्बन्धी कार्यशाला सञ्चालन गरिसकेको छ।
आयोजकले पुस्तक लोकार्पण कार्यक्रममा साहित्यप्रेमी तथा स्रष्टाहरूलाई सहभागी हुन निमन्त्रणा गरेको छ।
सहभागिताका लागि Zoom ID : 859 1387 6096 Password: 2026

सम्बन्धित खबर.png)
.png)









.png)



.png)








तपाईंको प्रतिक्रिया