'सन् २०२७ का लागि क्यानाडा विश्वकै सबैभन्दा सुरक्षित देश'
नेपालTouch
टोरन्टो । क्यानाडा भ्रमणका लागि विश्वकै सबैभन्दा सुरक्षित देशको सूचीमा पहिलो स्थानमा पर्न सफल भएको छ। बर्र्कसायर ह्याथवे ट्राभल प्रोटेक्सन (बिएचटिपि) ले सार्वजनिक गरेको ‘सन् २०२७ को विश्वका सबैभन्दा सुरक्षित गन्तव्यहरू’ सम्बन्धी वार्षिक प्रतिवेदनमा क्यानाडा शीर्ष स्थानमा उक्लिएको हो।
गत वर्षको तुलनामा क्यानाडा चार स्थान माथि उक्लँदै पहिलो नम्बरमा पुग्न सफल भएको छ। अघिल्लो वर्ष नेदरल्याण्ड्स, अस्ट्रेलिया, अस्ट्रिया र आइसल्याण्डभन्दा पछाडि रहेको क्यानाडाले यस पटक ८२.४७ अङ्क प्राप्त गर्दै विश्वका प्रमुख पर्यटकीय गन्तव्यहरूलाई पछाडि पारेको हो।
यस सूचीमा न्युजिल्याण्ड ८१.३१ अङ्कसहित दोस्रो, अस्ट्रेलिया ८०.८२ अङ्कसहित तेस्रो, आइसल्याण्ड चौथो र जापान पाँचौँ स्थानमा रहेका छन्। त्यसैगरी अस्ट्रिया, आयरल्याण्ड, नेदरल्याण्ड्स, डेनमार्क र पोर्चुगल क्रमशः शीर्ष १० भित्र पर्न सफल भएका छन्।
विशेष गरी महिला, अल्पसंख्यक, एलजिबिटीक्युआइए प्लस समुदाय तथा विभिन्न जातीय पृष्ठभूमिका यात्रुहरूका लागि सुरक्षित वातावरण प्रदान गर्ने उप-सूचकांकमा क्यानाडाले विश्वमै पहिलो स्थान हासिल गरेको छ। यसका साथै स्वास्थ्य मापदण्ड, हिंस्रक अपराधबाट सुरक्षा र आतंकवादबाट सुरक्षा जस्ता अन्य उप-सूचकांकहरूमा क्यानाडा दोस्रो स्थानमा परेको छ।
क्यानाडाको प्रमुख शहर मन्ट्रियल पनि यात्रुहरूका लागि विश्वकै सबैभन्दा सुरक्षित शहर घोषित भएको छ। गत वर्ष १६ औँ स्थानमा रहेको मन्ट्रियलले यस वर्ष ८२.१८ अङ्क प्राप्त गर्दै शीर्ष स्थान कब्जा गरेको हो।
बिएचटिपिले विगत पाँच वर्षभित्र विभिन्न देशको भ्रमण गरेका अमेरिकी यात्रुहरूमाझ गरिएको प्रत्यक्ष सर्वेक्षणका आधारमा यो सूची तयार पारेको जनाएको छ।
सर्वेक्षणका तथ्यांकलाई ग्लोबल पिस इन्डेक्स, नम्बियो, जिओस्योर ग्लोबल, विश्व स्वास्थ्य संगठन, इक्वल्डेक्स इक्वालिटी इन्डेक्स र ग्लोबल टेररिजम इन्डेक्स जस्ता अन्तर्राष्ट्रिय निकायका तथ्यांकहरूसँग संयोजन गरी अन्तिम नतिजा निकालिएको हो।
सन् २०१८ देखि शुरू भएको यस रैंकिंगमा लगातार शीर्ष १० भित्र पर्दै आएका देशहरूलाई दिइने ‘सेफ ट्राभल हल अफ फेम’ मा समेत क्यानाडा समावेश छ।
मानव अधिकारको रक्षा, सामाजिक समावेशिता र सुदृढ कानुनी शासनका कारण क्यानाडाले अन्तर्राष्ट्रिय यात्रुहरूमाझ यो उच्च विश्वास आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ।

सम्बन्धित खबर
.png)




.png)







.png)
.png)
.png)
.png)







तपाईंको प्रतिक्रिया