कनस्टोगा कलेजमा विद्यार्थीले नक्कली प्रमाणपत्र बुझाएको भेटियो
नेपालTouch
अन्टारियो। किचनरस्थित कनस्टोगा कलेजले विद्यार्थीहरूले नक्कली सीपीआर तथा फर्स्ट एड प्रमाणपत्र बुझाएको घटना फेला पारेको छ।
कलेजका अनुसार ठूलो संख्यामा नक्कली प्रमाणपत्र प्रयोग भएको पाइएको हो।
कलेजको कार्यगत सिकाइसम्बन्धी विभागकी सहायक निर्देशकले विद्यार्थीहरूले बाह्य संस्थाबाट प्राप्त गरेको भन्दै बुझाएका सीपीआर तथा फर्स्ट एड प्रमाणपत्रमध्ये उल्लेख्य संख्या नक्कली रहेको बताएकी छन्।
कलेजले प्रमाणपत्रमा रहेको विवरण सम्बन्धित तालिम प्रदायकसँग जाँच गर्ने क्रममा घटना पत्ता लगाएको हो।
नक्कली प्रमाणपत्र प्रयोग गर्ने विद्यार्थीहरू कलेजका विभिन्न कार्यक्रमसँग सम्बन्धित रहेको बताइएको छ। रिपोर्टअनुसार केही प्रमाणपत्र बिक्रीसमेत भइरहेको पाइएको छ।
एक तालिम प्रदायकका अनुसार वास्तविक सीपीआर तथा फर्स्ट एड तालिमको शुल्क १४५ क्यानेडियन डलर रहेकामा नक्कली प्रमाणपत्र ९९ डलरमा उपलब्ध गराइएको जानकारी कलेजका कर्मचारीमार्फत आफूले पाएको उनले बताएकी छन्।
कनस्टोगा कलेजले नक्कली प्रमाणपत्र प्रयोग गर्ने विद्यार्थीमाथि हुने कारबाहीबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।
घटनाले विशेषगरी स्वास्थ्य तथा हेरचाहसम्बन्धी कार्यक्रमका विद्यार्थीको आवश्यक तालिम र प्रमाणपत्रको प्रमाणीकरणबारे प्रश्न उठाएको छ।

सम्बन्धित खबर.png)













.png)














तपाईंको प्रतिक्रिया