• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

स्कारबोरोमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

नेपालTouch
सोमबार असोज १९, २०८३ | Monday October 05,2026
फोटोः आयोजक

टोरन्टो। 'डी फाल्कन्स' स्पोर्ट्स क्लबको आयोजनामा नेपाली क्यानेडियन समुदायकै पहिलो 'ओपन पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता' स्कारबोरोमा आइतबार सफलताका साथ सम्पन्न भएको छ। प्रतियोगिताको शीर्ष विधा 'एक्सपर्ट' तर्फ राघभ चौहान र डेभिड बलामीको जोडीले उपाधि चुमेका छन्।

सो प्रतिस्पर्धामा एक्सपर्ट विधातर्फ जीवन पराजुली र सुजल श्रेष्ठको जोडी उपविजेता बनेका छन्। ग्रेटर टोरन्टो एरिया (जीटीए) बाट विभिन्न समूहमा उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगितामा अन्य तीन विधाका विजेता र उपविजेताहरू पनि चयन भएका छन्। प्रतियोगिताकाको ​​एडभान्स विधा तर्फ प्रकाश बडाल र कृष्ण गुरुङ तथा उपविजेता आयुष घिमिरे र चन्द्र बने।

ट्रफी पाएपछि इन्टरमिडिएट विधाका विजेता अमित उपाध्याय (वाँया) र बिनोद पौडेल (दायाँ)

यसैगरी, इन्टरमिडिएट विधामा बिनोद पौडेल र अमित उपाध्यायको जोडी विजेता बने। सोहि विधामा विजय र सुनाज प्रधान उपविजेता भए।

यसैगरी, डेभलपमेन्ट विधा तर्फ सुमन लम्साल र चिरन घिमिरे विजेता भए भने प्रकान्त श्रेष्ठ र रवीन्द्र लम्साल उपविजेता भए।

राउन्ड रोबिन र नकआउट ढाँचामा खेलाइएको यस प्रतियोगिताका प्रथम र द्वितीय हुने टोलीहरूलाई नगद पुरस्कार तथा मेडल प्रदान गरियो। आयोजक समितिका सदस्य अमित उपाध्यायका अनुसार नेपाली क्यानेडियन समुदायबीच आपसी भाइचारा र सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।

तपाईंको प्रतिक्रिया