स्कारबोरोमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै
नेपालTouch
टोरन्टो। 'डी फाल्कन्स' स्पोर्ट्स क्लबले आइतबार, अक्टोबर ४, २०२६ मा स्कारबोरोमा 'डी फाल्कन्स ओपन पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता' आयोजना गर्ने भएको छ। नेपाली क्यानेडियन समुदायभित्र आयोजना हुन लागेको यस किसिमको यो पहिलो प्रतियोगिता भएको आयोजकले जनाएको छ।
स्कारबोरोको २०० हाइमस रोडमा बिहान ८:०० बजेदेखि सुरु हुने यस प्रतियोगिता राउन्ड रोबिन र नकआउट ढाँचामा खेलाइनेछ। ग्रेटर टोरन्टो एरियाबाट करिब ३५ टोलीहरूले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको यस प्रतियोगिताका प्रथम र द्वितीय हुने टोलीले नगद पुरस्कार र मेडल प्राप्त गरिने जनाइएको छ।
आयोजक समितिका एक सदस्य अमित उपाध्यायले नेपाल टच सँग कुरा गर्दै समुदायबीचको सम्बन्ध र आपसी भाइचारा बढाउनका लागि यो अर्को एउटा प्रयास भएको उल्लेख गरे। यस प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने योजना रहेको पनि उनले बताए।
प्रतियोगितामा सहभागी हुन प्रति टोली दर्ता शुल्क ६० डलर निर्धारण गरिएको छ भने दर्ता गर्ने अन्तिम मिति सेप्टेम्बर ३०, २०२६ सम्म रहेको छ। इच्छुकले आयोजक संस्थाले उपलब्ध गराएका फोन नम्बरहरू ६४७-८३४-९३९९ र ४१६-८९७०२६६ मा सम्पर्क गरेर वा dfalconsclub@gmail.com मा इमेलमार्फत दर्ता गर्न सक्नेछन्।

सम्बन्धित खबर












.png)














तपाईंको प्रतिक्रिया