• सोमबार, ३ कार्तिक, २०८३
  • Monday, 19 October, 2026
  • X

क्यानाडासँग नेपाल २४ रनले पराजित

नेपालTouch
शनिबार कार्तिक १, २०८३ | Saturday October 17,2026

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानाडासँग २४ रनले पराजित भएको छ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो।

पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो। उसका लागि युवराज समराले सर्वाधिक १०५ रन बनाए।

उनले ११ चौका र चार छक्का प्रहार गरे। यस्तै, आरोन जोन्सनले ३६, हर्ष ठाकरले ३४ र कप्तान हम्जा तारिकले ३० रन जोडे।

नेपालका लागि ललित राजवंशीले दुई तथा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन र एक विकेट लिए।

यसअघि यही शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानाडालाई २४ रनले हराएको थियो। शनिबारको हारसँगै नेपालले लगातार तेस्रो जित निकाल्ने अवसर गुमाएको छ।

 

तपाईंको प्रतिक्रिया