• शनिबार, ६ मङ्सिर, २०८३
  • Saturday, 21 November, 2026
  • X

टोरन्टोमा गजलसंग्रह ‘सपनाको बादल’को विमोचन

नेपालTouch
आइतबार कार्तिक ३०, २०८३ | Sunday November 15,2026

टोरोन्टो। राजन पौडेलको नविनतम गजलसंग्रह ‘सपनाको बादल’ शनिबार स्कार्ब्रोमा विमोचन गरिएको छ।

फिष्टेल स्पोर्टस क्लब र फिष्टेल इन्भेष्टमेन्ट ग्रुपको संयुक्त आयोजनामा द हबको सभाहलमा विमोचन सम्पन्न भएको थियो।

क्यानाडाको माटोबाट प्रकाशित गजलकार पौडेलको यो दोस्रो कृति हो। यसअघि उनको मुक्तकसंग्रह ‘अनिदो मन’ पाठकमाझ आइसकेको छ।

नेपाली साहित्य समाज क्यानाडाका अध्यक्ष मोहन खरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू तथा गजल अनुरागीहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रमको दोस्रो खण्डमा गजलकार राजन पौडेलले यस कृतिमा समाहित १० वटा गजल वाचन गरेका थिए।

कृतिमाथि संक्षिप्त विवेचना राख्ने वक्ताहरूमा फिष्टेल इन्भेष्टमेन्ट ग्रुपका अध्यक्ष अनन्त गौतम, साहित्यकार रविन्द्र लम्साल, मेपम स्टुडियोका प्रबन्ध निर्देशक बालकृष्ण ढकाल, चितवन सोसाइटी क्यानाडाका निवर्तमान अध्यक्ष डा. कञ्चन देवकोटा, एनसीसीएसका अध्यक्ष सुदर्शन सापकोटा, एनसीसीएसका सञ्चालक समिति सदस्य खगेन्द्र कँडेल, टीएनएससीका अध्यक्ष कर्ण बटाला, प्राध्यापक डा. खेम गुरागाईं र सुरेश गौतम थिए। वक्ताहरूले कृतिको समीक्षा गर्दै गजलको साङ्गीतिकता, भावभूमि र सान्दर्भिकतामाथि प्रकाश पारेका थिए।

उनिहरूले गजलसंग्रहको सफलताको शुभकामना पनि दिएका थिए।साहित्यकार डा. गोविन्द सिंह रावतले दिनुभएको जानकारी अनुसार क्यानाडाको भूमिमा विमोचित नेपाली श्रष्टाद्वारा लिखित यो ६१औँ कृति हो। गजलसंग्रहका हिसाबले भने यो दोस्रो कृति हो।

संस्थाका अध्यक्ष शैलैन्द्र बर्माको सभापतित्वमा सम्न्न कार्यक्रममा क्लबका सचिव कृष्ण पौडेलले सहजीकरण गरेका थिए। 

तपाईंको प्रतिक्रिया