• शनिबार, ६ मङ्सिर, २०८३
  • Saturday, 21 November, 2026
  • X

भीरमा हाँसेको फूल

कुबेर विष्ट

मंगलबार मङ्सिर २, २०८३ | Tuesday November 17,2026
नेपाल टच ग्राफिक्स

भुर्र भुर्र उड्नुअघि, चरा भएर
सिक्नुपर्छ कला त्यो, बचेरा भएर।

यहाँ विष सहन, विष पिउनुपर्छ
सर्प बोक्नुपर्छ, सपेरा भएर।

नडराउनु तिमीले उचाइ लिन
अड्याउनेछु सधैँ म जरा भएर।

भीरमा फुलेर नि फूल हाँसेको छ
दिएको छ भर कसैले, लहरा भएर।

न सक्छौ तिमी फूल बनेर फुलिरहन
न म सक्छु, घुमिरहन भमरा भएर।

गाह्रो छ रोक्न जीवनको आँधीबेहरी
रापताप सहँदै, निस्कन हिरा भएर।

भुर्र भुर्र उड्नुअघि, चरा भएर
सिक्नुपर्छ कला त्यो, बचेरा भएर।

-टोरन्टो, क्यानाडा

तपाईंको प्रतिक्रिया