सवारी साधनले ध्वनी प्रदूषण गर्नेमाथी थप कडाइ गरिने
नेपालTouch
टोरन्टो। अन्टारियो प्रान्तले अत्यधिक आवाज निकाल्दै सवारी चलाउने चालकहरूमाथि थप कडाइ गर्ने भएको छ।
अन्टारियोका यातायात मन्त्री प्रबमित सरकारियाले चर्को आवाजमा इन्जिन बटार्ने (रेभिङ) वा गैरकानुनी रूपमा मफलर जडान गर्ने चालकहरूलाई दण्डित गर्न प्रान्तले छिट्टै कानुन पेस गर्ने बताएका छन्।
उनका अनुसार न्यूनतम जरिवाना ६० डलरबाट बढाएर २०० डलर पुर्याइनेछ भने अधिकतम जरिवाना हालको एक हजार डलर नै यथावत् रहनेछ। पिल प्रहरीका डेपुटी चिफ मार्क एन्ड्रयुजले विगत केही वर्षदेखि आवाजसम्बन्धी नियम उल्लंघन गर्नेहरूमाथि लक्षित कारबाही भइरहेको भए पनि कानुन उल्लंघनकर्तालाई निरुत्साहित गर्न अझ कडा कानुनको आवश्यकता महसुस गरिएको सञ्चार माध्यमहरूलाई बताएका छन्।
सन् २०२० मा सुरु भएको 'प्रोजेक्ट नोइजमेकर' अन्तर्गत प्रहरीले हालसम्म आवाज प्रदूषणसम्बन्धी ५ हजार भन्दा बढी जरिवाना पुर्जी काटिसकेको छ।

सम्बन्धित खबर





.png)


.png)




.png)
.png)
.png)






तपाईंको प्रतिक्रिया