• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

बाढी प्रभावितलाई एफसीएनसीसीको ५ हजार बढिको सहयोग

नेपालTouch
सोमबार असोज १९, २०८३ | Monday October 05,2026

मिसिसागा। फेडेरेसन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्स (एफसीएनसीसी) ले नेपालमा हालै गएको बाढी र पहिरोबाट प्रभावित समुदायको सहयोगार्थ ५ हजार ७६ क्यानेडियन डलर संकलन गरेको छ।

संस्थाले अक्टोबर १, २०२६ मा उक्त रकम वायर ट्रान्सफर मार्फत 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा पठाएको जानकारी दिएको छ। 

एफसीएनसीसीका सदस्यहरू, स्थानीय व्यवसायी तथा समुदायका सहयोगीहरूको सहभागितामा सञ्चालित 'टुगेदर फर नेपाल' अभियानमार्फत सो रकम सङ्कलन गरिएको थियो।

नेपालका विभिन्न भागमा आएको भीषण बाढी र पहिरोले धनजनको क्षति, विस्थापन र भौतिक पूर्वाधारमा क्षति पुर्‍याएपछि यो सहयोग सङ्कलन अभियान सुरु गरिएको थियो।

"तपाईंहरूको उदारता, ऐक्यबद्धता र करुणाले साँच्चै ठूलो फरक पार्छ," एफसीएनसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "यो कठिन समयमा पीडितका साथमा उभिनुभएकोमा धन्यवाद।"

संस्थाका अनुसार यो रकमले प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालित आपत्कालीन राहत, विपद् व्यवस्थापन तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्‍याउनेछ।

तपाईंको प्रतिक्रिया