अमेरिकामा विदेशी विद्यार्थीः अनुमतिबिना ४ वर्षभन्दा बढी बस्न नपाइने
नेपालTouch
अन्टारियो। अमेरिकाको ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई कडिकडाउ गर्ने उद्देश्यले नयाँ योजनाको अन्तिम सूचना सार्वजनिक गरेको छ।
नयाँ नियमअनुसार अब विदेशी विद्यार्थीहरूले सङ्घीय सरकारको अनुमति नलिईकन चार वर्षभन्दा बढी अमेरिकामा बस्न पाउने छैनन्।
यसअघि उच्च शिक्षा प्रदायक संस्थाहरू आफैँले विद्यार्थी भिसाको अवधि थपिदिने अधिकार पाएका थिए, तर अब यो अधिकार कटौती भएको छ।
नयाँ व्यवस्थाले विद्यार्थीहरूलाई आफ्नो पाठ्यक्रम परिवर्तन गर्न वा एक विश्वविद्यालयबाट अर्को कलेजमा सर्न पनि कडा प्रतिबन्ध लगाएको छ।
यो नियम आउँदो सेप्टेम्बर महिनादेखि लागु हुने अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार यस कदमले भिसाको दुरुपयोग रोक्न र कडा निगरानीमार्फत राष्ट्रिय सुरक्षा बलियो बनाउन मद्दत पुग्नेछ।
यसअघि 'एफ-वान' वर्गका विद्यार्थी र 'जे-वान' एक्चेन्ज भिसावाहकहरूले आफ्नो डिग्री हासिल नगरुन्जेल 'हैसियतको अवधिभर' बस्न पाउने सुविधा थियो।
तर अब सङ्घीय सरकारले समयसीमा तोकिदिएपछि उनीहरूको बसाइ अवधि खुम्चने भएको छ।
होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्क्वेन मलिनले विगतमा हजारौँले अध्यागमन प्रणालीको दुरुपयोग गर्दै लगातार विभिन्न कोर्समा भर्ना भएर अनिश्चित कालसम्म अमेरिका बस्ने गरेको र नयाँ नियमले यसलाई अन्त्य गर्ने बताए।
शिक्षा क्षेत्रका विज्ञहरू भने यस निर्णयबाट सन्तुष्ट छैनन्। असोसिएशन अफ इन्टरन्याश्नल एजुकेटर्सले ट्रम्प प्रशासनको यस नयाँ नियमलाई अनावश्यक र गलत रूपमा निर्देशित कदम भएको भन्दै आलोचना गरेको छ।

सम्बन्धित खबर














.png)

.png)
.png)
.png)









तपाईंको प्रतिक्रिया