• बिहीबार, २७ कार्तिक, २०८३
  • Thursday, 12 November, 2026
  • X

क्यानाडाका पुर्व प्रधानमन्त्री ट्रुडो अक्सफोर्ड विश्व विद्यालयसँग आवद्ध

नेपालTouch
शनिबार कार्तिक २२, २०८३ | Saturday November 07,2026
फोटोः जस्टिन ट्रुडो (फेसबुक)

टोरन्टो। क्यानाडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले बेलायतको  अक्सफोर्ड विश्वविद्यालयमा नयाँ जिम्मेवारी पाएका छन्। ट्रुडोले ब्लाभात्निक स्कुल अफ गभर्मेन्टमा 'डिस्टिङ्गुइस्ड फेलो' र 'वर्ल्ड लिडर्स सर्कल'का सदस्यका रूपमा आबद्ध भएको अक्सफोर्ड विश्वविद्यालयले शुक्रबार घोषणा गरेको छ। 

अक्सफोर्ड विश्वविद्यालयका अनुसार, वर्ल्ड लिडर्स सर्कल भनेको विभिन्न देशका पूर्वप्रधानमन्त्री तथा सरकार प्रमुखहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। उनीहरूले आफ्नो अनुभव र ज्ञानमार्फत विश्वभर सुशासन कायम गर्न ब्लाभाटनिक स्कुललाई सहयोग गर्छन्।

सन् २०२५ मा पद छाड्नुअघि ट्रुडोले १० वर्षसम्म क्यानाडाको प्रधानमन्त्रीका रूपमा सेवा गरेका थिए। अक्सफोर्ड विश्वविद्यालयद्वारा जारी गरिएको वक्तव्यमा ट्रुडोले भनेका छन्, "मैले प्रधानमन्त्रीको रूपमा सेवा गरेको एक दशकको समयमा विश्व राजनीतिक र प्राविधिक दुवै दृष्टिले ठूलो परिवर्तनबाट गुज्रियो, जसले विश्वलाई आधारभूत रूपमा पुनर्संरचना गर्‍यो।"

वर्ल्ड लिडर्स सर्कलका अन्य सदस्यहरूमा न्युजिल्यान्डका पूर्व प्रधानमन्त्री जसिन्डा आर्डर्न र युनाइटेड किङडमका पूर्व प्रधानमन्त्री ऋषि सुनक पनि सामेल छन्।

विश्वविद्यालयका अनुसार, वर्ल्ड लिडर्स फेलोले विद्यार्थी र पूर्वविद्यार्थीहरूसँग परामर्श र संलग्नता बढाउने, अन्य विश्वव्यापी नेताहरूलाई एकै ठाउँमा ल्याउने र सरकार सञ्चालनका नवीन दृष्टिकोणहरूको खोजी गर्नेछन्।

तपाईंको प्रतिक्रिया