• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

एफसिएनसिसीको वार्षिक 'मिट एण्ड ग्रिट'

नेपालTouch
सोमबार माघ ७, २०८१ | Monday January 20,2025
फोटो: आयोजक

टोरन्टो। फेडेरेसन अफ क्यानाडा चेम्बर अफ कमर्स (एफएनसिसिसी)ले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। आजिवन र साधारण सदस्यहरू सहभागी रहेको कार्यक्रममा संस्थाले २०२४ मा गरेका वार्षिक प्रगति र आगामी दिनमा गरिने गतिविधिहरूका बारेमा जानकारी दिएको थियो।

कार्यक्रममा विशेष अतिथि क्यानाडाका लागि नेपालका राजदूत भरतराज पौडेलले दुई देसकाबिचको ६० वर्षको मित्रतामा कहिल्यै कुनै समस्या नभएको उल्लेख गर्दै जुन कुरालाई सम्मान गर्नुपर्ने बताए। नेपाल र क्यानाडाकाबिच कुटनीतिक सम्बन्ध स्थापना भएको जनबरी १८ मा ६० वर्ष पुरा भएको छ।

नेपाललाई विकाससिल देशको अवस्थामा पुर्याउन क्यानाडाले पुर्याएको सहयोगको ठुलो भूमिका रहेको  पनि उनले उल्लेख गरे। उच्च शिक्षा हासिल गरेर क्यानाडा बसाइ आएको र नेपाली विद्यार्थीको संख्या लगातार बढिरहेको उल्लेख गर्दै नेपालीले पेशागत र व्यवसायिक रूपमा प्रगति पनि गरिरहकोमा खुसी व्यक्त गरे। 

संस्थाका अध्यक्ष विजय पौडेलले संस्था स्थापनाको पृष्ठभूमि, क्यानाडाका व्यवसायीहरूलाई एकतावद्ध गर्न गरेको प्रयास, क्यानाडा र नेपालकाबिचको व्यापार विस्तारका लगि गरेका प्रयास लगायतका विषयमा चर्चा गरेका थिए।

संस्थाका महासचिव गोकुल लामिछानेले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूले आ-आफ्ना व्यवसाय र सेवाका बारेमा संक्षिप्त रूपमा जानकारी दिएका थिए। मासिक नेटवर्क कार्यक्रमका संयोजक नविन लुइँटेलले आफ्नि अनुभव उल्लेख गरेको कार्यक्रममा गायिका स्मृति शाहीले विभिन्न गीत गाएर मनोरञ्जन प्रदान गरेकी थिइन्।

२०२१ मा स्थापना भएको संस्थामा क्यानाडामा विभिन्न व्यवसाय गरिरहेका हाल करिव ५० सदस्यहरू रहेका छन्।

तपाईंको प्रतिक्रिया