क्यानाडाका नौ हजारभन्दा बढी सरकारी कर्मचारीद्वारा स्वेच्छिक अवकाशका लागि आवेदन
नेपालTouch
अन्टारियो। क्यानाडा सरकारले ल्याएको प्रारम्भिक सेवानिवृत्त योजनाअन्तर्गत हालसम्म ९ हजार १ सयभन्दा बढी संघीय सरकारी कर्मचारीले अवकाशका लागि आवेदन दिएका छन्।
आवेदन दिने अन्तिम समयसीमा आइपुग्दासम्म कुल ६८ हजार योग्य कर्मचारीमध्ये उल्लेख्य संख्याले सेवा छाड्ने इच्छा देखाएका हुन्।
प्रधानमन्त्री मार्क कार्नीको सरकारले सन् २०२५ को बजेटमार्फत तीन वर्षभित्र सार्वजनिक सेवाका १६ हजार अर्थात् साढे चार प्रतिशत पद कटौती गर्ने लक्ष्य लिएको छ।
सेवाअवधि र उमेर पुगेका कर्मचारीलाई पेन्सनमा कुनै कटौती नहुने गरी अवकाश लिने सुविधा दिइएकाले धेरैले यसलाई रोजेका हुन्।
प्राप्त भएका कुल आवेदनको अन्तिम तथ्यांक भने आगामी साता मात्र सार्वजनिक हुनेछ।
लामो समयदेखि कामको दबाब झेलिरहेका कर्मचारीहरूले मानसिक स्वास्थ्य र व्यक्तिगत कारण देखाउँदै समयअघि नै अवकाश लिन चाहेको बताएका छन्।
सरकारले यो योजनामार्फत तोकिएको संख्यामा पद कटौती गर्न नसके आगामी दिनमा अझ कडा कदम चाल्नसक्ने विश्लेषण गरिएको छ।
ट्रेजरी बोर्ड सचिवालयले भने सेवा प्रवाहमा असर नपर्ने गरी कर्मचारीको निवेदन व्यवस्थापन गरिने जनाएको छ।

सम्बन्धित खबर











.png)


.png)
.png)
.png)






तपाईंको प्रतिक्रिया