ट्रम्पको महसुल धम्कीविरुद्ध प्रिमियरहरुको दबाबः प्रधानमन्त्री कार्नीसँग स्पष्ट योजना माग
नेपालTouch
अन्टारियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन वस्तुहरूमा ५० प्रतिशतसम्म नयाँ महसुल लगाउने चेतावनी दिएपछि क्यानाडाका विभिन्न प्रान्तका प्रिमियरहरूले प्रधानमन्त्री मार्क कार्नीसँग अमेरिकासँग जुध्न स्पष्ट र ठोस वार्ता रणनीति प्रस्तुत गर्न माग गरेका छन्।
प्रिंस एडवर्ड आइल्याण्डमा जारी 'काउन्सिल अफ द फेडरेसन' को वार्षिक बैठकका क्रममा उनीहरूले यो व्यापारिक युद्धले परिस्थितिलाई थप गम्भीर र आपतकालीन बनाएको बताएका छन्।
अमेरिकी प्रशासनले क्यानेडियन मदिारामाथि लगाइएको प्रान्तीय प्रतिबन्ध, दुग्धजन्य उत्पादन प्रणाली र गाडीहरूको कोटालाई कारण देखाउँदै नयाँ महसुल घोषणा गरेको हो।
आगामी महिनादेखि लागू हुने भनिएको यो महसुलले क्यानाडाका काठ, सिमेन्ट लगायत विभिन्न क्षेत्रका उत्पादनहरूलाई ठूलो असर पार्ने देखिएको छ।
बैठकमा सहभागी प्रिमियरहरूले राष्ट्रिय एकताको आवश्यकतामा जोड दिए पनि प्रतिकार कसरी गर्ने भन्नेमा फरकफरक धारणा राखेका छन्।
अन्टारियोका प्रिमियर डग फोर्ड र ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले अमेरिकाविरुद्ध कडा प्रतिशोधात्मक महसुल र ऊर्जा आपूर्तिमा कडाइ गर्नुपर्ने अडान लिएका छन्।
यस्तै, अल्बर्टाकी प्रिमियर ड्यानियल स्मिथ र सास्काचेवानका प्रिमियर स्कट मोले कूटनीतिक र वार्ताको माध्यमबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री मार्क कार्नीले मुख्यमन्त्रीहरूसँगको प्रत्यक्ष भेटवार्तामा क्यानाडा-अमेरिका-मेक्सिको व्यापार सम्झौतालाई कायम राख्दै देशको अर्थतन्त्र र श्रमिकहरूको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रिमियरहरूले भने अब आश्वासन मात्र नभई आगामी २९ दिनभित्र ट्रम्पको व्यापारिक दबाबलाई रोक्ने ठोस कार्ययोजना ल्याउन केन्द्र सरकारलाई आग्रह गरेका छन्।

सम्बन्धित खबर










.png)


.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया