• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

शक्तिशाली पासपोर्टको सूची सार्वजनिक, क्यानाडा सातौँ स्थानमा

नेपालTouch
शनिबार श्रावण ९, २०८३ | Saturday July 25,2026

अन्टारियो। विश्वभरका देशका पासपोर्टको पहुँच र 'शक्ति' बारे गरिएको पछिल्लो अध्ययन तथा सूची सार्वजनिक भएको छ।

'पासपोर्ट इन्डेक्स' को नयाँ तथ्यांकअनुसार पछिल्लो दशकमा धेरैजसो देशले आफ्ना नागरिकका लागि भिसाफ्री र अन-अराइभल भिसा सुविधा विस्तार गरेका छन्।

सार्वजनिक सूची अनुसार रोमानिया, स्लोभाकिया र स्लोभेनिया ५ औँ स्थानमा छन् भने साइप्रस, लिथुआनिया र बेलायत ६ औँ स्थानमा रहेका छन्।

यस्तै अस्ट्रेलिया, क्यानाडा, लिकटेन्स्टाइन र न्युजिल्यान्ड संयुक्त रूपमा ७ औँ स्थानमा छन्। आइसल्यान्ड भने ८ औँ स्थानमा छ।

पछिल्ला वर्षहरूमा संयुक्त अरब इमिरेट्स (यूएई), युक्रेन, जर्जिया, चीन र कोसोभोले आफ्नो पासपोर्टको पहुँचमा उल्लेख्य सुधार गरेका छन्।

यता अफगानिस्तान, इराक, सिरिया, पाकिस्तान र सोमालियाका पासपोर्ट भने सूचीको सबैभन्दा तल्लो स्थानमा रहेका छन्।

भिसा प्रक्रिया सहज बनाउन विश्वका धेरै देशहरूले ई-भिसा र ईटीए (इलेक्ट्रोनिक ट्राभल अथराइजेसन) प्रणाली लागू गर्न थालेकाले आगामी दिनमा कागजी भिसाको प्रयोग घट्दै जाने र डिजिटल यात्रा अनुमतिले प्राथमिकता पाउने देखिएको छ।

तपाईंको प्रतिक्रिया