• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

जीवनको अर्थ

सुजन विश्वकर्मा

बुधबार असार २४, २०८३ | Wednesday July 08,2026
-नेपाल टच ग्राफिक्स

हो!

मेरो जीवन कुरुप भएर पनि सुन्दर छ

समयले खुसी कहिल्यै दिँदैन,

यसको कुनै पर्वाह छैन मलाई

म रुँदा आँसु पुछिदिने साथमा तिमी भयौ भने,

म रोएको पनि अर्थ हुनेछ

संसारकै सुख पाएँ तर तिमी भएनौ भने,

त्यो हाँसो पनि सबै व्यर्थ हुनेछ

..

हिँड्दा लडूँ तर उठ्ने आशा पाऊँ सधैँ

छैन तिम्रो काखभन्दा शीतल ठाउँ कतै

हो!

मेरो जीवन अँध्यारो भएर पनि चम्किलो छ

भाग्यले जित कहिल्यै दिँदैन,

यसको कुनै पर्वाह छैन मलाई

मलाई दुख्दा सुम्सुमाउने साथमा तिमी भयौ भने,

मैले पाएको चोटको पनि अर्थ हुनेछ

संसारकै ओखती पाएँ तर तिमी भएनौ भने,

म निको भएको पनि सबै व्यर्थ हुनेछ

..

अँह!

मलाई जीवन सुन्दर चाहिएको छैन

मेरो सुन्दरताको परिभाषा कागजको फूल होइन

अँह!

मलाई उज्यालोमा भएर देखिनु छैन

मेरो अस्तित्वको परिभाषा मानिसको हुल होइन

-हेटौँडा, नेपाल

तपाईंको प्रतिक्रिया