क्यानाडाका तीन क्षेत्रमा आगामी अगस्ट ३१ मा उपनिर्वाचन हुने
नेपालTouch
अन्टारियो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले तीनवटा सङ्घीय निर्वाचन क्षेत्रमा आगामी अगस्ट ३१ मा उपनिर्वाचन गराउने घोषणा गरेका छन्।
ब्रिटिश कोलम्बियाको नर्थ भ्यानकुभर-क्यापिलानो, ओन्टारियोको बिचेज-इस्ट यार्क र क्युबेकको चिकुतिमी-ले फ्योर्ड क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
यी तीनवटै क्षेत्रका सांसदहरूले राजीनामा दिएपछि तथा नयाँ जिम्मेवारी पाएपछि पद खाली भएको थियो। अन्टारियोका सांसद नेथ एर्स्किन-स्मिथले राजीनामा दिएका हुन् भने नर्थ भ्यानकुभरका सांसद जोनाथन विल्किन्सन युरोपेली सङ्घका लागि क्यानाडाको राजदूत नियुक्त भएपछि पद खाली भएको थियो।
चिकुतिमी-ले फ्योर्डका सांसद रिचर्ड मार्टेललाई माथिल्लो सदन ९सिनेट० मा मनोनीत गरिएपछि उक्त क्षेत्रमा पनि उपनिर्वाचन गर्नुपरेको हो।
हाल क्यानाडाको संसद्मा सत्तारूढ लिबरल पार्टीको १७२ सिट छ भने प्रमुख प्रतिपक्षी कन्जर्भेटिभ पार्टीको १३९ सिट छ।
त्यस्तै, ब्लक क्युबेकवाका २१, एनडीपीका ५, ग्रीन पार्टीका १ र १ जना स्वतन्त्र सांसद छन्। क्युबेकको अर्को एक क्षेत्रमा पनि पद खाली रहेकाले त्यहाँ पछि उपनिर्वाचनको मिति तोकिने जनाइएको छ।

सम्बन्धित खबर











.png)


.png)
.png)
.png)






तपाईंको प्रतिक्रिया