• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

५ अर्ब डलरको ठेक्का अन्तिम चरणमा: ब्राम्पटनको गाडी निर्माता अटाउने सम्भावना

नेपालTouch
शनिबार श्रावण ९, २०८३ | Saturday July 25,2026
-Roshel Inc.

अन्टारियो। क्यानाडा सरकारको करिब ५ अर्ब डलर बराबरको बख्तरबन्द गाडी खरिदसम्बन्धी ठूलो सैन्य ठेक्का पाउने दौडमा ब्राम्पटनस्थित एक कम्पनी परेको छ।

सरकारले क्यानेडियन कम्पनीहरूका लागि मात्र सीमित गरेको यो प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियालाई अन्तिम दुई दाबेदारमा झारेपछि स्थानीय उद्योगी तथा सर्वसाधारणमा उत्साह छाएको छ।

प्रतिस्पर्धामा अघि बढेको ब्राम्पटनको 'रोशेल' ले क्यानाडाली सेनाका लागि १ हजार ६ सयदेखि २ हजार १ सय वटा हलुका प्रयोगका गाडी तथा ४ सयदेखि ५ सय वटा ट्रेलर उत्पादन गर्ने लक्ष्य राखेको छ।

कम्पनीले ठेक्का पाएमा सयौँ नयाँ रोजगारी सिर्जना हुनुका साथै उत्पादन बढाउन ठूलो औद्योगिक क्षेत्र विस्तार गर्ने योजना बनाएको छ।

कम्पनीका मुख्य कार्यकारी अधिकृत रोमन शिमोनोभका अनुसार हालसम्म उत्पादन भएका सबै गाडी अन्य मुलुकमा निर्यात हुँदै आएकोमा आफ्नै देशको सरकारलाई सेवा दिने यो महत्वपूर्ण अवसर हुनेछ।

यो ठेक्काको अन्तिम निर्णय आगामी केही साताभित्रै आउने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिक्रिया