क्यालगरीको नेपाली संस्थामा न्यौपाने निर्वाचित
नेपालTouch
क्यालगरी। शनिबार २५ जुलाई २०२६ मा सम्पन्न भएको निर्वाचनबाट नेपाली कम्युनिटी सोसाइटी अफ क्यालगरी (एनसीएससी) को अध्यक्षमा घनेन्द्र न्यौपाने निर्वाचित भएका छन्।
उनले ७५३ मत (५६.४%) प्राप्त गरी नेतृत्व हासिल गरे भने उनका प्रतिस्पर्धी सूर्य अधिकारीले ५८३ मत (४३.६%) प्राप्त गरे।
स्वतन्त्र तेस्रो-पक्षीय प्लेटफर्म 'सिम्पली भोटिङ इन्क' मार्फत गरिएको उक्त मतदान प्रक्रियामा ८६.३% मतदाताको सहभागिता रहेको थियो। दर्ता भएका १,५७६ दर्ता मतदाताहरूमध्ये १,३६० जना सदस्यहरूले आफ्नो मताधिकार प्रयोग गरेको निर्वाचन आयोजकले जनाएको छ।
संस्थाको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा युवराज गुरुङलाई पराजित गर्दै अरुण लामा र प्रतिस्पर्धी सुमन चौलागाईलाई पराजित गर्दै विश्वनाथ भण्डारी सचिवमा निर्वाचित भएका छन्। यसैगरी,
कोषाध्यक्षमा ध्रुव निरौला निर्वाचित भएका छन्, उनले श्रद्धा रूपाखेतीलाई पराजित गरेका थिए। संस्थाको सह-सचिवमा रमेश बस्नेतले नवीन पौडेललाई पराजित गरेका थिए।
१. अध्यक्ष
घनेन्द्र न्यौपाने: ७५३ मत (५६.४%)
████████████████████████████████ (५६.४%)
सूर्य अधिकारी: ५८३ मत (४३.६%)
█████████████████████████ (४३.६%)
२. उपाध्यक्ष
अरुण लामा: ७०२ मत (५३.२%)
█████████████████████████████ (५३.२%)
युवराज गुरुङ: ६१८ मत (४६.८%)
████████████████████████ (४६.८%)
३. सचिव
विश्वनाथ भण्डारी: ७०१ मत (५३.५%)
█████████████████████████████ (५३.५%)
सुमन चौलागाईं: ६१० मत (४६.५%)
████████████████████████ (४६.५%)
४. कोषाध्यक्ष
ध्रुव निरौला: ६६६ मत (५१.२%)
██████████████████████████ (५१.२%)
श्रद्धा रूपाखेती: ६३६ मत (४८.८%)
████████████████████████ (४८.८%)
५. सह-सचिव
रमेश बस्नेत: ७७६ मत (६०.५%)
█████████████████████████████████ (६०.५%)
नवीन पौडेल: ५०७ मत (३९.५%)
███████████████████ (३९.५%)
६. कार्यक्रम संयोजक
कृष्ण गौतम: ७१० मत (५४.३%)
██████████████████████████████ (५४.३%)
किसन गुरुङ: ५९८ मत (४५.७%)
█████████████████████████ (४५.७%)
७. मिडिया संयोजक
कमल पौडेल: ७९३ मत (६१.७%)
██████████████████████████████████ (६१.७%)
लक्ष्मी लम्साल खनाल: ४९३ मत (३८.३%)
████████████████████ (३८.३%)
८. महिला संयोजक
गीता शर्मा: ६६० मत (५०.८%)
█████████████████████████ (५०.८%)
नारायणी अधिकारी ढकाल: ६४० मत (४९.२%)
████████████████████████ (४९.२%)
९. संस्कृति तथा सम्पदा संयोजक
पूजा शिवाकोटी: ७६२ मत (५९.५%)
████████████████████████████████ (५९.५%)
कृष्ण पौडेल: ५१९ मत (४०.५%)
██████████████████████ (४०.५%)
१०. युवा तथा खेलकुद संयोजक
योगेन्द्र खत्री: ७६३ मत (५९.१%)
████████████████████████████████ (५९.१%)
सन्तोष देवकोटा: ५२७ मत (४०.९%)
██████████████████████ (४०.९%)
११. ज्येष्ठ नागरिक तथा नवआगन्तुक संयोजक
भीमलाल अर्याल: ७९४ मत (६१.०%)
█████████████████████████████████ (६१.०%)
डायना ताम्राकार: ५०८ मत (३९.०%)
███████████████████ (३९.०%)
कार्यक्रम संयोजक पदमा कृष्ण गौतम र मिडिया संयोजकमा कमल पौडेल निर्वाचित भए। गौतमले किसन गुरुङ र पौडेलले लक्ष्मी लम्साल खनाललाई पराजित गरे। संस्थाको महिला संयोजकमा गीता शर्मा र संस्कृति तथा सम्पदा संयोजकमा पूजा शिवाकोटी निर्वाचित भए। उनीहरूले क्रमश: नारायणी अधिकारी ढकाल र कृष्ण पौडेललाई पराजित गरेका थिए।

यसैगरी, युवा तथा खेलकुद संयोजकमा योगेन्द्र खत्री र जेष्ठ नागरिक तथा नवआगन्तुक संयोजकमा भीमलाल अर्यालले आफ्ना प्रतिस्पर्धी सन्तोष देवकोटा र डायना ताम्राकारलाई पराजित गरे।
एनसीएससी क्यालगरी, अल्बर्टामा बसोबास गर्ने नेपालीहरूलाई एकीकृत गर्दै भाषा, कला र सांस्कृतिक पहिचानको संरक्षणमा क्रियाशील गैर-नाफामूलक सामाजिक संस्था हो। यसले स्थानीय क्षेत्रमा नवआगन्तुकहरूको सहजीकरण, सामुदायिक एकता र बालबालिकाहरूका लागि नेपाली पाठशाला जस्ता विविध सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
संस्थाले नेपाली संस्कृतिको प्रवर्धनका लागि क्यालगरीमा नेपाली मेलाको पनि आयोजना गर्दै आएको छ।

सम्बन्धित खबर











.png)


.png)
.png)
.png)






तपाईंको प्रतिक्रिया