गायक यम बरालको उपचारका लागि सहयोग संकलन अभियान सुरु
नेपालTouch
काठमाडौँ। मेरुदण्डसम्बन्धी समस्याको उपचार गराइरहेका प्रसिद्ध गायक यम बराललाई सहयोग जुटाउन अमेरिकामा रहेका इलामेलीहरु अग्रसर भएका छन्।
काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका बरालको सहयोगका लागि आर्थिक सहयोग संकलन अभियान सुरु भएको छ।
अमेरिकाको म्यान्चेस्टरस्थित इलामेली सोसाइटी अमेरिकाले गो फण्ड मी मार्फत् सहयोग संकलन अभियान सुरु गरेको हो। उक्त अभियानमार्फत् ८० हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखिएको छ।
केही समयअघि ढाड सड्केको र बिस्तारै समस्या बढेर च्याप्दै लगेपछि चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएर उनले उपचार गराइरहेका थिए।
महिनाभन्दा बढी समयसम्मको उपचार र परीक्षणपछि उनमा रक्त क्यान्सरको समस्या देखिएको छ। चिकित्सकले बरालमा ‘मल्टिपल माइलोमा’को समस्या पुष्टि गरेका छन्।
मल्टिपल माइलोमा भनेको हड्डीको मज्जामा प्लाज्मा कोषहरूको अत्यधिक वृद्धि हुनु हो। यी प्लाज्मा कोषहरूले सामान्य रक्त-निर्माण कोषहरूलाई बाहिर निकाल्छन्।
चिकित्सकका अनुसार स्वस्थ प्लाज्मा कोषहरूले एन्टिबडी भनिने प्रोटिन बनाएर संक्रमणसँग लड्न मद्दत गर्छन्।
एन्टिबडीहरूले कीटाणुहरू फेला पार्छन् र आक्रमण गर्छन्। मल्टिपल माइलोमाको उपचार भने यसको चरणमा आधारित हुन्छ।

सम्बन्धित खबर












.png)

.png)
.png)
.png)









तपाईंको प्रतिक्रिया