क्यानाडा पठाइदिने भन्दै साढे दुई करोड ठगी गर्ने पक्राउ
नेपालTouch
काठमाडौँ। क्यानाडा पठाइदिने प्रलोभन देखाएर २६ जना युवाबाट साढे दुई करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले माओवादीका एक पूर्वलडाकु कमाण्डरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका-६ घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका-५ बस्ने ४६ वर्षीय लहानुराम चौधरी छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थानकोटबाट पक्राउ गरेको हो।
क्यानाडा पठाइदिने प्रलोभनमा पारेर २६ जना पीडितबाट कुल २ करोड ५० लाख रुपैयाँ रकम उठाएर चौधरी फरार भएको प्रहरीले जनाएको छ।
पीडितहरूबाट रकम असुल गरी उनी लामो समयदेखि सम्पर्कविहीन बनेका थिए। आफूहरू ठगिएको थाहा पाएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।
विभागबाट पक्राउ अनुमति जारी भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले चौधरीलाई थानकोटबाट नियन्त्रणमा लिइएको बताए।
पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर












.png)

.png)
.png)
.png)









तपाईंको प्रतिक्रिया