क्यानाडाबाट शुरू भयो नेप्लिफाई एप
नेपालTouch
टोरन्टो। नेपाली समुदायलाई डिजिटल सूत्रमा बाँध्ने उद्देश्यका साथ क्यानाडाबाट अत्याधुनिक मोबाइल एप नेप्लिफाई (Neplify) सार्वजनिक भएको छ।
नयाँ वर्ष २०८३ को अवसर पारेर One Nation, Global Connection भन्ने मूल नाराका साथ शुरू गरिएको यो प्लेटफर्म विशेष गरी नेपाली डायस्पोराका लागि 'डिजिटल घर' भएको कम्पनीले जनाएको छ।
क्यानाडाको टोरन्टोमा प्रधान कार्यालय रहेको नेप्लिफाईले सन् २०२५ जनवरी १ देखि वेबसाइट (neplify.com) मार्फत सेवा सुरु गरेको थियो। छोटो समयमै प्रयोगकर्ताहरूको उल्लेख्य साथ पाएपछि एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा मोबाइल एप उपलब्ध गराएको हो।
यो प्लेटफर्म पूर्ण रूपमा निःशुल्क रहेको उल्लेख गर्दै कम्पनीले नेपाली उद्यमी, साना व्यवसायी, स्वरोजगार व्यक्ति वा स्वतन्त्र पेशेवरहरूले आफ्ना सेवा र उत्पादनहरूका बारेमा एपमा सूचीबद्ध गर्न सक्नेछन्।
"एपमा कार्यक्रमहरू, खाना, सेवा, उपहार पठाउने सुविधा, रोजगारी र इन्टर्नसिप र कोठा वा अपार्टमेन्ट खोज्न र भाडामा दिने सम्बन्धि जानकरीहरू पनि राखिएको छ", कम्पनीका सिईओ देवेन्द्र नेपालले जानकरी दिए।

सम्बन्धित खबर

.png)

























तपाईंको प्रतिक्रिया