टोरन्टोमा एनसीसीएसको देउसी-भैलो
नेपालTouch
टोरन्टो। नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसीसीएस) को आयोजनामा नोभेम्बर ९ मा तिहार विशेष देउसी-भैलो कार्यक्रम सम्पन्न भएको छ।
टोरन्टोस्थित फाइभ मेसी स्क्वायरको टाउन हलमा आयोजित कार्यक्रममा १५० भन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आएका चर्चित लोकगायक बमबहादुर कार्कीको सांगीतिक प्रस्तुति थियो।
स्थानीय कलाकारहरू दर्पण पराजुली, प्रिन्स न्यौपाने, सफल बीके, शारदा क्षेत्री, आशु पाण्डे, मनसा मगर, पुष्प सापकोटा, ज्ञानु शाह, सरस्वती पाण्डे, दीपा कार्की, अजिता रेग्मी, तारा ओली बीसी, ईशा चौलागाईं, विष्णु राज तामाङ र निमिता रञ्जितलगायतले पनि प्रस्तुति दिएका थिए।
कार्यक्रममा सुरेश गौतम, बिमल थापा, हरि अधिकारी, सुदर्शन सापकोटा र दीपक पौडेललगायतको संगीत टोलीले साथ दिएको थियो।
कार्यक्रमबाट कुल २ हजार ७१३ क्यानेडियन डलर संकलन भएको थियो। त्यसमध्ये २ हजार २१४ डलर १७ सेन्ट खर्च भएको र ४९८ डलर ८३ सेन्ट संस्थाको कोषमा बचत भएको आयोजकले जनाएको छ। उक्त रकम संस्थाको हित तथा सामुदायिक गतिविधिमा उपयोग गरिने अध्यक्ष सुदर्शन सापकोटाले बताए।

अध्यक्ष सापकोटाले नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले एनसीसीएसले हरेक वर्ष देउसी-भैलोजस्ता सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको बताए। विदेशमा रहेर पनि आफ्नो पहिचान र संस्कृतिको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ थियो।
संस्थाका सदस्य शरद मैनालीले सञ्चालन गरेको कार्यक्रम साँझ ६ बजे सुरु भएर राति १०ः३० बजे सम्पन्न भएको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, संगीतकर्मी, स्वयंसेवक, सहयोगी तथा सहभागी समुदायका सदस्यप्रति एनसीसीएसले आभार व्यक्त गरेको छ।

सम्बन्धित खबर




.png)






.png)
.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया