क्यानाडामा स्टिअरिङ नियन्त्रण गुम्नसक्ने जोखिमले झन्डै २५०० ट्रक फिर्ता बोलाइयो
नेपालTouch
अन्टारियो । क्यानाडाको यातायात नियामक निकाय ट्रान्सपोर्ट क्यानाडाले एक सुरक्षा जोखिमका कारण डाइमलर ट्रक नर्थ अमेरिकाद्वारा उत्पादित झन्डै २५०० ट्रकलाई फिर्ता बोलाउन निर्देशन दिएको छ। यो जोखिमले दुर्घटना निम्त्याउन सक्ने भन्दै कम्पनीले फिर्ता बोलाएको हो।
व्यावसायिक सवारी साधन निर्माता डाइमलर ट्रक नर्थ अमेरिकाले जारी गरेको यो फिर्ता सूचना (रिकॉल नोटिस) सुरुमा नोभेम्बर ४ मा घोषणा गरिएको थियो र पछि नोभेम्बर १३ मा अद्यावधिक गरिएको थियो।
ट्रक फिर्ता बोलाउनुको कारणबारे सूचनामा भनिएको छ, “केही निश्चित ट्रकहरूमा, एक्सल क्ल्याम्पका नट-बोल्टहरू राम्ररी कसिएको नहुनसक्ने देखिएको छ। यसले गर्दा ती क्ल्याम्पहरू खुकुलो हुन सक्छन्।”
ट्रान्सपोर्ट क्यानाडाका अनुसार क्ल्याम्पहरू खुकुलो भएमा एक्सल सर्ने र त्यसले चालकले स्टिअरिङ नियन्त्रण गुमाउन सक्ने अवस्था आउँछ, जसले दुर्घटनाको जोखिम बढाउँछ।
यद्यपि, यो फिर्ता (रिकॉल) ले TufTrac Gen 2 सस्पेन्सन जडान गरिएका केही निश्चित ट्रकहरूलाई मात्र असर गर्ने सूचनामा उल्लेख छ।
उत्पादक डाइमलर ट्रक नर्थ अमेरिकाले सुधारका उपायहरू विकास गरिरहेको र प्रभावित ट्रकका मालिकहरूलाई इमेलमार्फत जानकारी गराउने जनाएको छ।
सन् २०२१ देखि २०२६ सम्मका निम्न मोडेलहरू यस फिर्ताको दायरामा परेका छन्:
Freightliner – मोडेल नम्बर: 108SD
Freightliner – मोडेल नम्बर: 114SD
Freightliner – मोडेल नम्बर: 122SD
Freightliner – मोडेल: Business Class M2
Western Star – मोडेल: 47X
Western Star – मोडेल: 49X
थप जानकारीका लागि, ग्राहकहरूले कम्पनीको नम्बर 1-800-547-0712 मा सम्पर्क गर्न सक्नेछन्। क्यानाडामा रहेका नेपालीहरू जो यी ट्रकहरूसँग सम्बन्धित व्यवसाय वा काममा हुनुहुन्छ, उहाँहरूका लागि यो जानकारी महत्त्वपूर्ण हुनसक्छ।

सम्बन्धित खबर
.png)
.png)











.png)


.png)
.png)
.png)









तपाईंको प्रतिक्रिया