• सोमबार, १ भदौ, २०८३
  • Monday, 17 August, 2026
  • X

ब्राम्टनमा फुटबल प्रतियोगितासँगै आदिवासी दिवस मनाइँदै

नेपालTouch
सोमबार भदौ १, २०८३ | Monday August 17,2026

टोरोन्टो। नेप्लिज पील एफसीको आयोजनामा आगामी अगस्ट २२ र २३, २०२६ मा ब्राम्प्टनस्थित एन्ड्रयु म्याक्यान्डलेस पार्कमा ‘नेपाल कप २०२६’ आयोजना हुने भएको छ। आयोजकका अनुसार यस वर्षको नेपाल कप खेलकुद प्रतियोगितामा मात्र सीमित नरहेर बहुसांस्कृतिक तथा सामुदायिक उत्सवको रूपमा मनाउन लागिएको हो।

यस वर्षको प्रतियोगितामा नेपाल जनजाती एसोसिएसन अफ क्यानाडा सहयोगी आयोजक साझेदारको रूपमा रहेको छ भने ब्राम्प्टन शहरको पर्यटन पहल ‘एक्सपिरियन्स ब्राम्प्टन’ ले यसलाई प्रवर्द्धन गरेको छ। नेप्लिज पील एफसीका अध्यक्ष सुमन गुरुङले जीटीएका नेपाली समुदाय, व्यवसायी तथा खेलप्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेका छन्।

दुई दिने कार्यक्रमका मुख्य आकर्षणहरू ग्रेटर टोरोन्टो क्षेत्रका फुटबल टोलीहरूबीच प्रतिस्पर्धात्मक फुटबल म्याचहरू सञ्चालन हुनेछन्। सेमिफाइनलका खेलहरू आइतबार हुनेछन्। यसका साथै दर्शकहरूका लागि नेपाली परिकार, नेपाली सामान तथा संस्कृति झल्किने ‘कम्युनिटी मार्केट’ पनि सञ्चालन गरिने आयोजकले जनाएको छ। 

यसैगरी, दोस्रो दिन सेमिफाइनलका म्याचहरू, बालबालिकाहरूको प्रदर्शनी खेल र फाइनल खेल सञ्चालन हुनेछ। खेलकुदसँगै त्यस दिन आदिवासी सांस्कृतिक उत्सव पनि मनाइने छ। खेल मार्फत विभिन्न समुदायबीच भाइचारा र सांस्कृतिक आदानप्रदान बढाउन एनज्याकको सहयोगमा विशेष आदिवासी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।

नेपाली स्वाद, सस्कृति र बजार

खेल चलिरहँदा मैदान परिसरमा सञ्चालन हुने ‘कम्युनिटी फार्मर्स मार्केट’ मा नेपाली सांस्कृति तथा थ्रिफ्ट सामानहरू, सुक्खा खाद्यान्न, परम्परागत नेपाली खानाका परिकार तथा स्थानीय भेन्डरहरूका स्टलहरू रहनेछन्। यसले परिवारसहित आउने दर्शकहरूलाई खेलकुदसँगै नेपाली परिकार र संस्कृतिको आनन्द लिने अवसर प्रदान गर्ने आयजकको विश्वास छ।

‘एक्सपिरियन्स ब्राम्प्टन’ सँगको सहकार्य

यस वर्ष ब्राम्प्टन शहरको पर्यटन प्रवर्धन गर्ने निकाय ‘एक्सपिरियन्स ब्राम्प्टन’ सँगको सहकार्यले यस कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाएको छ। यस सहकार्यमार्फत जीटीएभरका मानिसहरूलाई ब्राम्प्टनको बहुसांस्कृतिक पहिचान, विविधता र आतिथ्यको अनुभव गराउने लक्ष्य राखिएको छ।

तपाईंको प्रतिक्रिया