• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

विश्वकप २०२६ वरीयता : क्यानाडा १४औँ स्थानमा

नेपालTouch
सोमबार श्रावण ४, २०८३ | Monday July 20,2026

अन्टारियो। फिफाले विश्वकप २०२६ को अन्तिम वरीयता सार्वजनिक गर्दा सहआयोजक क्यानाडा १४औँ स्थानमा अटाएको छ। घरेलु मैदानमा सम्पन्न विश्वकपमा सहआयोजकको भूमिका निर्वाह गरेको क्यानाडाले उत्कृष्ट प्रदर्शन गर्दै १४औँ स्थान हासिल गरे पनि उसलाई अन्तिम आठको यात्रामा मोरक्कोले रोक्यो।

प्रतियोगिताको उपाधि भने स्पेनले जितेको छ। फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप च्याम्पियन बनेको हो। फिफाले समान चरणबाट बाहिरिएका टोलीहरूको वरीयता निर्धारण गर्दा कुल अंक, गोल अन्तर र गोल संख्यालाई आधार बनाएको जनाएको छ।

आयोजक टोली क्यानाडाले समूह चरणमा स्विट्जरल्यान्डसँग हार बेहोरे पनि अन्य खेलहरूमा पुनरागमन गर्दै नकआउट चरण पुगेको थियो। तर क्वाटरफाइनल प्रवेशका लागि भएको खेलमा मोरक्कोसँग पराजित भएपछि क्यानाडाको यात्रा १४औँ स्थानमा सीमित भयो।

प्रतियोगिताभर सर्वाधिक प्रभावशाली प्रदर्शन गरेको स्पेनले समूह चरणको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि लगातार सात खेल जित्दै उपाधि कब्जा गर्‍यो। साउदी अरेबिया, उरुग्वे, अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई हराउँदै फाइनल पुगेको स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई निराश बनायो। स्पेनले प्रतियोगिताभर केवल एक गोल मात्र बेहोरेको थियो।

यता लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित फाइनल पुगेको अर्जेन्टिना उपविजेतामै सीमित भयो। लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले समूह चरणमा तीनै खेल जित्दै नकआउटमा केप भर्डे, इजिप्ट, स्विट्जरल्यान्ड र इंग्ल्यान्डलाई हराएको थियो।

यस्तै सन् १९६६ पछि पहिलो पटक शीर्ष तीनभित्र परेको इंग्ल्यान्ड तेस्रो स्थानमा रह्यो। उसले तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६–४ ले पराजित गर्‍यो। अन्तिम दुई खेलमा पराजित भएको फ्रान्स चौथो स्थानमा सीमित भयो।

एर्लिङ हालान्डको कप्तानीमा २८ वर्षपछि विश्वकप फर्किएको नर्वेले पाँचौँ स्थान हासिल गर्दा बेल्जियम छैटौँ भयो। क्यानडालाई हराएर क्वाटरफाइनल पुगेको मोरक्को र स्विट्जरल्यान्ड संयुक्त रूपमा सातौँ स्थानमा रहे।

अन्य सहआयोजकहरूमध्ये मेक्सिको नवौँ स्थानमा रहन सफल भयो भने अमेरिका १२औँ स्थानमा सीमित भयो। अन्य टोलीहरूमा ब्राजिल ११औँ, पोर्चुगल १३औँ, नेदरल्यान्ड्स १७औँ, जर्मनी १८औँ र क्रोएसिया २०औँ स्थानमा रहे।

एसियाली टोलीहरूमध्ये जापान सबैभन्दा अगाडि रहँदै २१औँ स्थानमा आयो। त्यसपछि अष्ट्रेलिया २२औँ, दक्षिण अफ्रिका २५औँ, अस्ट्रिया २८औँ, बोस्निया २९औँ, अल्जेरिया ३०औँ, सेनेगल ३१औँ र पहिलोपटक खेलेको केप भर्डे ३२औँ स्थानमा रहे।

इरान ३३औँ, दक्षिण कोरिया ३४औँ, टर्की ३५औँ, स्कटल्यान्ड ३६औँ, उरुग्वे ३७औँ, साउदी अरेबिया ३८औँ, चेकिया ३९औँ, न्युजिल्यान्ड ४०औँ, कतार ४१औँ, कुरासाओ ४२औँ, पानामा ४३औँ, जोर्डन ४४औँ, हाइटी ४५औँ, उज्बेकिस्तान ४६औँ, ट्युनिसिया ४७औँ र इराक ४८औँ स्थानमा सीमित भए।

फिफा विश्वकप २०२६ को अन्तिम वरीयता तालिका:

१. स्पेन
२. अर्जेन्टिना
३. इंग्ल्यान्ड
४. फ्रान्स
५. नर्वे
६. बेल्जियम
७. मोरक्को
७. स्विट्जरल्यान्ड
९. मेक्सिको
१०. कोलम्बिया
११. ब्राजिल
१२. अमेरिका
१३. पोर्चुगल
१४. क्यानाडा
१५. इजिप्ट
१६. पाराग्वे
१७. नेदरल्यान्ड्स
१८. जर्मनी
१९. आइभरी कोस्ट
२०. क्रोएसिया
२१. जापान
२२. अष्ट्रेलिया
२३. डीआर कङ्गो
२४. घाना
२५. इक्वेडर
२५. दक्षिण अफ्रिका
२७. स्विडेन
२८. अस्ट्रिया
२९. बोस्निया एन्ड हर्जेगोभिना
३०. अल्जेरिया
३१. सेनेगल
३२. केप भर्डे
३३. इरान
३४. दक्षिण कोरिया
३५. टर्की
३६. स्कटल्यान्ड
३७. उरुग्वे
३८. साउदी अरेबिया
३९. चेकिया
४०. न्युजिल्यान्ड
४१. कतार
४२. कुरासाओ
४३. पानामा
४४. जोर्डन
४५. हैटी
४६. उज्बेकिस्तान
४७. ट्युनिसिया
४८. इराक

तपाईंको प्रतिक्रिया