• सोमबार, १ भदौ, २०८३
  • Monday, 17 August, 2026
  • X

अटवा रिसर्च कन्फरेन्स सुरु: क्यानाडामा नेपाली प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वहरूको जमघट

नेपालTouch
शनिबार श्रावण ३०, २०८३ | Saturday August 15,2026

अटवा। क्यानाडालाई कर्मथलो बनाउँदै आएका नेपाली मूलका दर्जनौँ बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरू राजधानी अटवामा भेला भएका छन्। दुई दिनसम्म चल्ने 'पाँचौँ अटवा रिसर्च कन्फरेन्स २०२६' का लागि उनीहरू अटवामा भेला भएका हुन्।

युनिभर्सिटी अफ अटवामा आज अगस्ट १५ बिहानदेखि सुरु भएको कन्फरेन्सको क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौडेलले प्रमुख अतिथिका रूपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे। सम्मेलनका सभापति सञ्चारविद् भानुभक्त आचार्यले उद्घाटन मन्तव्य राखेका थिए।

उद्घाटन सत्रमै अटवा निवासी डा. वासु शर्मा सम्पादक रहेको 'डायस्पोरा रिसर्च' (Diaspora Research) नामको जर्नल विमोचन गरियो, जसमा विभिन्न क्षेत्रमा स्थापित १६ जना लेखकको रचना प्रकाशित छ।

भोलि अगस्ट १६ आइतवारसम्म चल्ने कन्फरेन्स दुई सभाहलमा सञ्चालन भइरहेको छ। पूर्वनिर्धारित तालिका अनुसार आज शनिवार पहिलो दिन कुल २२ जना शोधकर्ता, प्राज्ञिक तथा विद्यार्थीहरूले आफ्नो कार्यपत्र प्रस्तुत गर्दैछन्।

आज शनिवार, अगस्ट १५ को प्राविधिक तथा अनुसन्धानात्मक सत्रहरूमा प्रस्तुत गरिने मुख्य विषयहरू र प्रस्तोताहरूको तालिका निम्न अनुसार रहेको छ:

१. बिहान ९:३० देखि ११:२० सम्म (समानान्तर सत्र - १)

हल A (DMS 1110) - विषय: डायस्पोरा, बसाइँसराइ र सामाजिक रूपान्तरण (Diaspora, Migration, & Social Transformation)

(सभाध्यक्ष: सोनी थापा - हम्बर कलेज, एटोबिको)

  • अम्बिका अधिकारी (एरिजोना स्टेट युनिभर्सिटी, क्यानाडा/अमेरिका): विकास साझेदारका रूपमा डायस्पोरा र नेपालको अप्रयुक्त सम्भावना।
  • शर्मिला रानाभाट (माउन्ट रोयल युनिभर्सिटी): अल्पसंख्यक आप्रवासी महिलाहरूको समावेशीकरणका चुनौतीहरू।
  • पुण्य सागर मरहट्टा तथा चित्र प्रधान (एनआरएनए क्यानाडा): हिमालयको काखमा सेवा निवृत्तिको योजना - डायस्पोरा पुनर्मिलन र सीमापार सहकार्य।
  • लक्ष्मण लामिछाने (स्वतन्त्र अनुसन्धाता): क्यानाडामा नेपाली आप्रवासीहरूको बाध्यकारी बसाइँसराइ, कानुनी जटिलता र एकीकरणका चुनौती।
  • गोविन्द दाहाल (हेल्थ क्यानाडा): प्रमाणमा आधारित ज्ञानको स्थानान्तरण र प्रसार।

हल B (DMS 1120) - विषय: व्यापार, सार्वजनिक नीति र आर्थिक विकास (Business, Public Policy, & Economic Development)

(सभाध्यक्ष: पुनम श्रेष्ठ मलाकार - युनिभर्सिटी अफ विन्डसर)

  • अनुप बस्नेत, म्याग्नस ब्लोमक्विस्ट, र थोमस वाकर (वेस्टर्न युनिभर्सिटी, EDHEC बिजनेस स्कुल, र कन्कोर्डिया युनिभर्सिटी): प्राइभेट M&A बजारमा भेन्चर क्यापिटल सिग्नलको महत्त्व।
  • दिनेश गजुरेल (युनिभर्सिटी अफ न्यु ब्रन्सविक): नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाहको कल्याणकारी योगदान।
  • हरि लुइँटेल र चे भर्टा (अल्गोमा युनिभर्सिटी): क्यानाडामा जनसंख्याको वृद्धता, वित्तीय चुनौती र नीतिकगत समाधान।
  • तुलसी ढकाल (सेन्टेनियल कलेज): मार्केटिङको भविष्य - नवप्रवर्तन र राष्ट्रिय ब्राण्डिङको शक्ति।
  • कृष्ण केसी (जीटीए, क्यानाडा): सोचदेखि प्रभावसम्म - गैरसरकारी संस्थाहरूमा सांगठनिक प्रभावकारिताका लागि सहभागितामूलक रणनीति।

२. बिहान ११:२० देखि दिउँसो १२:५० सम्म (पोस्टर प्रस्तुति)

स्थान: DMS मेन हल (लबी Ground Floor)

(संयोजक: सन्तमान राई - सल्लाहकार, क्यानेफोर)

  • अभि पौडेल (लङफिल्ड्स डेभिडसन हाइट्स सेकेन्डरी स्कुल): अन्तरिक्ष उद्योगमा पुन: प्रयोगयोग्य रकेटको क्रान्ति।
  • इदिका पौडेल (युनिभर्सिटी अफ अटवा): केओस थ्योरी (Chaos Theory) का प्रयोग र उपयोगिता।
  • इशिका त्रिपाठी (युनिभर्सिटी अफ अटवा): दीर्घकालीन स्याहार गृहहरूमा डिजिटल प्यानिएटिभ केयर औजार कार्यान्वयनका सबल र दुर्बल पक्षहरू।
  • मानस बस्नेत (मेरिभेल हाइस्कुल): आप्रवासी समुदायमा भाषा लोप हुने समस्या।
  • प्रणय पौडेल (एकोल सेकेन्डरी पब्लिक ओमर-डेसलोरियर्स): रसायनिक यौगिकहरूको विषाक्तता भविष्यवाणी गर्न आणविक संरचनाको भूमिका।
  • शेलिना पौडेल (युनिभर्सिटी अफ अटवा): निद्राको कमीमा ध्यान-क्षमता कायम राख्न PER3 VNTR पोलिमर्फिज्मको भूमिका।
  • श्रीदिका पौडेल (युनिभर्सिटी अफ अटवा): पृथ्वीको म्याग्नेटोरिसेप्शन - नेभिगेसन र जियोक्वान्टम सेन्सिङ प्रविधि।

३. दिउँसो २:०० देखि ३:५० सम्म (समानान्तर सत्र - ३)

हल A (DMS 1110) - विषय: एआई, मिडिया र डिजिटल नवप्रवर्तन (AI, Media & Digital Innovation)

(सभाध्यक्ष: जगदीश घिमिरे - एरिक्सन, अटवा)

  • सुनिता आचार्य र भानु आचार्य (कान्तिपुर सिटी कलेज / युनिभर्सिटी अफ अटवा): पत्रकारितामा GenAI को प्रयोग र आचारसंहितामा यसको समायोजन।
  • सुरज भण्डारी (NEAJA, क्यानाडा/अमेरिका): उत्तर अमेरिकी मिडियामा एआई-सहयोग प्राप्त पत्रकारितामार्फत डायस्पोराका चुनौती सम्बोधन।
  • रेया श्रेया राई (टोरन्टो मेट्रोपोलिटन युनिभर्सिटी): भोन सार्वजनिक पुस्तकालयमा डिजिटल म्यापिङ र गेमिफिकेसनमार्फत किशोर-किशोरीको संलग्नता।
  • शालिग्राम अर्याल (कार्लटन युनिभर्सिटी): क्यानाडाका दुई प्रधानमन्त्रीहरूको सञ्चार तथा मिडिया रणनीतिहरूको तुलनात्मक समीक्षा।
  • शिरोमणि दवाडी (प्रिन्स अफ सोङ्क्ला युनिभर्सिटी, थाइल्याण्ड): नेपालमा जलवायु परिवर्तन सञ्चार - इलेक्ट्रोनिक मिडियाको प्रभाव र जनचेतना।

हल B (DMS 1120) - विषय: स्वास्थ्य, चिकित्सा र जनस्वास्थ्य (Health, Medicine & Public Health)

(सभाध्यक्ष: राजेन्द्र पराजुली - युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगो)

  • बसन्त लामिछाने र साथीहरू (युनिभर्सिटी अफ क्वेबेक): अल्जाइमर्सको औषधि 'गेलान्थामाइन' को वनस्पतिबाट औषधि निर्माण प्रक्रिया।
  • ज्ञानेन्द्र पोखरेल (युनिभर्सिटी अफ विनिपेग): महामारीका बेला सार्वजनिक स्वास्थ्य नीतिहरूप्रति मानिसहरूको प्रतिक्रिया।
  • महानीश जे. थापा (युनिभर्सिटी अफ अटवा): अल्डिहाइड-प्रेरित डिएनए क्षतिदेखि प्यान-क्यान्सर बायोलोजीसम्म।
  • आरसी बस्नेत (युनिभर्सिटी अफ अटवा): क्यानाडा र नेपालमा बालबालिकाको सामाजिक-संवेगात्मक विकास र अभिभावकीय तनावको विश्लेषण।
  • वासुदेव कोइराला (सनातन वैदिक ज्ञान विज्ञान केन्द्र, नेपाल): ज्योतिषशास्त्रका प्रतीकहरूको व्युत्पत्तिसम्बन्धी तुलनात्मक अध्ययन।

४. अपरान्ह ४:२० देखि ५:२० सम्म (मुख्य वक्तव्य / Keynote Speech)

स्थान: मुख्य सभाहल (DMS 1150)

(सभाध्यक्ष: संजीना डाँग सुवेदी - कार्लटन युनिभर्सिटी)

  • प्रमुख वक्ता: प्रा. डा. विशाल ज्ञवाली (क्विन्स युनिभर्सिटी, क्यानाडा)

विषय: "नेपालदेखि जापान हुँदै उत्तर अमेरिकासम्म: क्यान्सर नीति र ग्लोबल ओन्कोलोजी अनुसन्धानको मेरो यात्रा" (From Nepal to Nippon to the North: My Journey of Cancer Policy and Global Oncology Research)।

सम्मेलनको पहिलो दिनको साँझ ६:०० देखि ७:३० सम्म सहभागीहरूका लागि डिनर तथा नेटवर्किङ कार्यक्रम तय गरिएको छ। सम्मेलन भोलि आइतवार पनि बिहानैदेखि वातावरण, कृषि, समाजशास्त्र तथा मानव विकासका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दै सम्पन्न हुनेछ।

तपाईंको प्रतिक्रिया