१० औँ एनसीसीसी कप क्रिकेट अर्को साता ब्राम्प्टनमा हुँदै
नेपालTouch
टोरन्टो। नेपालीमाझ हुने उत्तर अमेरिकाकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिताको रूपमा मानिएको '१० औँ एनसीसीसी कप' यहि अगस्ट ८ र ९ मा ब्राम्प्टनस्थित 'डिक्सी फोरओसेभेन क्रिकेट फिल्ड्स'मा आयोजना हुँदैछ।
नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसीसीसी) को आयोजनामा हुने दुई दिवसीय प्रतियोगितामा यस पटक क्यानाडाभरीका ८ टोलीले भागलिने संस्थाका अध्यक्ष विनय यादवले जानकारी दिए। टी- ट्वान्टी ढाँचामा खेलाइने खेलमा एनसीसीसी-स्कारबोरो, एनसीसीसी-अटावा, नेप्लिज लन्डन क्रिकेट क्लब र मम ३६५ एन्ड बार छन्। यसैगरी अन्य टीमहरूमा अतुल सुवेदी प्रोफेसनल कर्पोरेसन, पोखरेल ल, वर्ल्ड फाइनान्सियल ग्रुप र एम्को/मेनलाइन छन्।
प्रतिस्पर्धालाई अझ रोमाञ्चक र उत्कृष्ट बनाउन प्रत्येक सहभागी टोलीमा एक-एक जना 'मार्की खेलाडी' समावेश रहनेछन्। प्रतियोगिताको विजेता टोलीले ५ हजार डलर प्राप्त गर्नेछ भने उपविजेताले २ हजार ५ सय क्यानेडियन डलर हात पार्नेछ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिनेछ।
क्रिकेट प्रेमीहरूलाई खेलको प्रत्यक्ष अनुभूति गराउन सबै म्याचहरूको 'क्यानाडा स्पोर्ट्स ३६०' मार्फत प्रत्यक्ष प्रसारण हुनेछ।
यो प्रतियोगितालाई यस वर्ष पनि 'एडभान्स ब्राम्प्टन फन्ड' ले आंशिक आर्थिक सहयोग उपलब्ध गराएको छ। १० औँ ऐतिहासिक संस्करणका प्रायोजकहरूमा अन्य प्रायोजकहरूमा स्थानीय व्यवसायीहरू रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार एनसीसीसी कप केवल एउटा क्रिकेट प्रतियोगिता मात्र नभई खेलकुद, भाइचारा र नेपाली समुदायलाई एकबद्ध बनाउने मञ्च पनि हो। आयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको पनि जनाएको छ।

सम्बन्धित खबर


























तपाईंको प्रतिक्रिया