• मंगलबार, १९ श्रावण, २०८३
  • Tuesday, 04 August, 2026
  • X

ब्राम्टनमा बालबालिकादेखि प्रौढसम्मका लागि खेल प्रतियोगिता हुँदै

नेपालTouch
शनिबार श्रावण १६, २०८३ | Saturday August 01,2026
एआई इमेज।

ब्राम्पटन। 'समाज जोड्न खेलकुद' भन्ने मूल नाराका साथ एनआरएनए-क्यानाडाको आयोजनामा आगामी अगस्ट १५ मा ब्राम्पटनमा 'अन्टारियो समर स्पोर्ट्स फेस्टिभल २०२६' हुने भएको छ।

एक दिन चल्ने यो सामुदायिक भेला ६० रिजेन्टभ्यू ड्राइभमा बिहान ९:०० बजेदेखि साँझ ७:०० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

सबै उमेर समूहका व्यक्तिहरूलाई सहभागी हुने सक्ने यस खेलकुद महोत्सवमा परम्परागत नेपाली खेलहरू, एथलेटिक्स र विभिन्न उमेर समूह अनुसारका पारिवारिक गतिविधिहरू पनि समावेश गरिएका छन्। आयोजकका अनुसार, त्यस अवसरमा ६० वर्षभन्दा माथिका लागि घैंटो फुटाइ, खुल्ला बाघचाल प्रतियोगिता, कवड्डी, डोरी तान्ने (टग अफ वार), सटपुट, म्युजिकल चेयर, बेलुन ब्लास्टिङ र धागो-सुइ दौड जस्ता खेल छन्।

यसैगरी, युवा तथा किशोरकिशोरीका लागि बुद्धिचाल (चेस), चम्चा दौड र हट पोटेटो, बालबालिकाका लागि रुमाल लुकाई, चकलेट दौड, गणितीय दौड र १०० मिटर दौड छन्। 

यसैगरी, महिला, बालबालिका र ४५ वर्षभन्दा माथि समूहका लागि छुट्टाछुट्टै फुटबल प्रतियोगिता पनि समावेस गरिएको छ। 

समुदायका सम्पूर्ण सदस्यहरूलाई सहभागिता, दर्ता तथा स्वयंसेवाका लागि आयोजक एनआरएनए क्यानाडाले आग्रह गरेको छ। 

तपाईंको प्रतिक्रिया