• मंगलबार, १९ श्रावण, २०८३
  • Tuesday, 04 August, 2026
  • X

१५० वर्षपछि पुस्तकालयमा फर्कियो हराएको पुस्तक

नेपालTouch
आइतबार श्रावण १७, २०८३ | Sunday August 02,2026

अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थितकियामा सार्वजनिक पुस्तकालयबाट लगिएको एउटा पुस्तक करिब १५० वर्षपछि फिर्ता भएको छ।

सन् १८५८ मा प्रकाशित ‘एन्टिक्विटिज अफ एथेन्स’ नामक उक्त पुस्तक सन् १८७२ मा स्थापना भएको पुस्तकालयको प्रारम्भिक १००० पुस्तकको सूचीमा ५०६ नम्बरमा दर्ता थियो।

पुस्तकालय खुलेको केही वर्षभित्रै हराएको यो पुस्तक स्थानीय बासिन्दा रोस सिमोन्सले आफ्नो पुरानो घर मर्मत गर्ने क्रममा इँटाले टालिएको अँगेनो (फायरप्लेस) भित्र चियाको काठको बाकसमा भेट्टाएका हुन्।

सिमोन्सका अनुसार उक्त पुस्तक उनका हजुरबुबाको हजुरबुबा जोन सिमोन्सले १८७० को दशकमा लगेको अनुमान गरिएको छ।

पुस्तकालयकी व्यवस्थापक मिसेल हडसनका अनुसार तत्कालीन नियम अनुसार प्रतिहप्ता तीन पेन्सका दरले महसुस हिसाब गर्दा र मुद्रास्फीति जोड्दा यसको विलम्ब शुल्क करिब २८ हजार अस्ट्रेलियन डलर पुग्छ।

यद्यपि पुस्तकालयसँग १८७० को दशकको विवरण राख्ने पुराना ढड्डा हराएकाले र व्यक्ति स्पष्ट नभएकाले शुल्क मिनाहा गरिएको छ।

पानीले केही क्षति पुगेको यो ऐतिहासिक पुस्तकलाई अब पुस्तकालयले विशेष संरक्षणका साथ स्थानीय इतिहास सङ्कलन कक्षमा प्रदर्शनका लागि राख्ने भएको छ।

तपाईंको प्रतिक्रिया