टोरन्टोमा सीएनईको रोजगारी मेला : हजारौँ युवाको भीड
नेपालTouch
टोरन्टो । क्यानाडाको टोरन्टोस्थित क्यानेडियन न्यासनल एक्जिबिशन (सीएनई) ले आयोजना गरेको वार्षिक रोजगारी मेलामा हजारौँ युवाको घुइँचो लागेको छ।
यस वर्षको ग्रीष्मकालीन मेलाका लागि करिब ५ हजार मौसमी पदमा भर्ना लिने तयारी भए पनि ५० हजारभन्दा बढीले अनलाइन आवेदन दिए। यो मागभन्दा १० गुणा बढी आवेदन हो।
असार महिनामा ग्रेटर टोरोन्टो क्षेत्रमा युवा बेरोजगारी दर १७ प्रतिशत नजिक पुगेकाले रोजगारी पाउन निकै कठिनाइ भइरहेको युवाहरूले बताए। एनरकेयर सेन्टरमा आयोजित मेलामा सहभागी हुन कतिपय युवाहरू बिहान ५:३० बजेदेखि नै लाइनमा बसेका थिए।
सीएनईका मुख्य कार्यकारी अधिकृत मार्क हल्याण्डले युवाहरूलाई पहिलो कामको अवसर दिनु संस्थाको प्राथमिकता रहेको बताए। उच्च मागलाई ध्यानमा राख्दै यस वर्ष मेरोलिंक्स र वाईएमसीए जस्ता अन्य संस्थालाई पनि मेलामा सहभागी गराइएको छ।
मेलामा क्यासियर, खुद्रा बिक्री, खाना सेवा र गेम एटेन्डेन्ट जस्ता पदका लागि भर्ना लिइएको छ। यस वर्षको सीएनई मेला अगस्ट २१ देखि सेप्टेम्बर ७ सम्म सञ्चालन हुनेछ।

सम्बन्धित खबर

















.png)
.png)





तपाईंको प्रतिक्रिया