क्यानाडा २०२७ को युरोभिजन संगीत प्रतियोगितामा सहभागी हुने
नेपालTouch
अन्टारियो। क्यानाडा सन् २०२७ को युरोभिजन गीत प्रतियोगितामा सहभागी हुने भएको छ।
अन्तर्राष्ट्रिय संगीत प्रतियोगिताका आयोजकहरूले क्यानाडा आगामी वर्षदेखि यस प्रतियोगितामा सामेल हुने जानकारी दिएका हुन्।
युरोपियन ब्रोडकास्टिङ युनियन (इबियु) ले एक विज्ञप्ति जारी गर्दै सन् २०२५ मा अस्ट्रेलिया सहभागी भएयता युरोभिजन गीत प्रतियोगितामा जोडिने क्यानाडा पहिलो नयाँ देश भएको बताएको छ।
क्यानाडा आगामी वर्ष प्रतियोगितामा सामेल भई सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
क्यानाडाको प्रतिनिधित्व गर्ने प्रतियोगी कसरी छनोट गरिनेछ भन्नेबारे क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन (सीबीसी)/रेडियो क्यानाडाले यसै वर्षको अन्त्यतिर विस्तृत विवरण सार्वजनिक गर्ने इबियुले जनाएको छ।
आगामी वर्षको यो प्रतियोगिता बुल्गेरियामा आयोजना हुनेछ। गत मे महिनामा बुल्गेरियाले पहिलोपटक यो प्रतियोगिता जितेपछि आगामी संस्करणको आयोजना गर्ने अवसर पाएको हो।
युरोभिजन प्रतियोगितामा सहभागिता भौगोलिक रूपमा युरोपमा मात्र सीमित छैन।
इबियुका सदस्यहरू यसमा सहभागी हुन पाउँछन्। सीबीसी/रेडियो क्यानाडा हालै इबियुको पूर्ण सदस्य बनेकाले यो प्रतियोगितामा भाग लिन योग्य भएको हो।

सम्बन्धित खबर














.png)

.png)
.png)
.png)









तपाईंको प्रतिक्रिया