• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

'कन्दरा' ले उत्तर अमेरिका सङ्गीतमय बनाउने, सुरुवात क्यानाडाबाट

नेपालTouch
सोमबार जेठ ४, २०८३ | Monday May 18,2026

अन्टारियो। नेपालको चर्चित एवम् सदाबहार पप ब्यान्ड 'कन्दरा' ले उत्तर अमेरिकाको सांगीतिक यात्रा गर्ने भएको छ।

"रिदम अफ चेन्ज" नाम दिइएको यस उत्तर अमेरिका टुरका क्रममा ब्यान्डले आगामी जुलाईदेखि सेप्टेम्बर महिनासम्म अमेरिका र क्यानाडाका विभिन्न सहरहरूमा आफ्ना लोकप्रिय प्रस्तुतिहरू पस्कने छ।

लेगासी टुर र होमकमिंगको रूपमा हुन लागेको यो सांगीतिक यात्राको सुरुवात क्यानाडाबाट हुनेछ। तालिका अनुसार आगामी जुलाई २४ मा क्यानाडाको टोरन्टोस्थित 'टोरन्टो प्याभिलियन' मा पहिलो शो आयोजना हुनेछ भने जुलाई २५ मा ओन्टारियोको लन्डन सहरमा रहेको 'लन्डन म्युजिक हल' (१८२ डन्डास स्ट्रिट) मा शो आयोजना हुनेछ।

टोरन्टो शोका लागि टिकटहरू तीव्र रूपमा बिक्री भइरहेको र लन्डन शोको टिकट अपडेट पनि चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ। क्यानाडाको यात्रा सकिएलगत्तै ब्यान्ड अमेरिकातर्फ प्रस्थान गर्नेछ।

अमेरिकामा अगस्ट १ तारिखदेखि डल्लास, एटलान्टा, सान फ्रान्सिस्को, न्युयोर्क र भर्जिनिया लगायतका धेरै सहरहरूमा कन्दराको भव्य कार्यक्रमहरू तय भइसकेका छन्।

ब्यान्डका व्यवस्थापक सुजनका अनुसार अन्य थप सहरहरूका लागिसमेत शो बुकिङ खुला रहेको छ। टिलािभ्स इन्कले व्यवस्थापन गरेको यस बृहत् उत्तर अमेरिका टुरको निर्माण विशिष्ट इन्टरनेसनलले गरेको हो।

लामो समयपछि आफ्नै ब्यान्ड कन्दराका साथ उत्तर अमेरिकामा रहेका नेपाली दर्शकमाझ आफ्ना कालजायी गीतहरू प्रस्तुत गर्न पाउँदा ब्यान्ड निकै उत्साहित देखिएको छ।

तपाईंको प्रतिक्रिया