क्यानाडाबाट नेप्लिज सेन्टरको औपचारिक शुरूवात
नेपालTouch
टोरन्टो। अँग्रेजी नयाँ वर्षको पहिलो दिनको अवसर पारेर क्यानाडाबाट नेप्लिज सेन्टर डट कमको औपचारिक शुभारम्भ भएको छ।
क्यानाडा सरकारका संघीय आर्थिक विकास मन्त्री रुवी सहोटाले सेन्टरको उद्घाटन समारोहमा बोल्दै यसको सफलताका लागि बधाई तथा शुभकामना दिएकी थिइन्। उनले यस किसिमका कामलाई क्यानाडा सरकारबाट सहयोग प्राप्त हुने पनि उल्लेख गरिन्।
नेपाली घर लगायतका विभिन्न संस्थाहरूले आयोजना गरेको टोपी दिवसको कार्यक्रममा सहभागी हुन त्यहाँ आएकी मन्त्री सोहि स्थानमा आयोजित नेप्लिज सेन्टरको उद्घाटन समारोहमा पनि सहभागी भइन्। त्यस समारोहमा नेपाली व्यवसायी, समाजसेवी, तथा समुदायका अगुवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
नेपाली समुदायको उत्साहजनक सहभागिताले सेन्टरको सुरुवाती अभियानलाई थप विशेष बनाएको यसका सञ्चालक देबेन्द्र नेपालले जनाउँदै सेन्टरले संसारभर छरिएर रहेका नेपाली समुदायलाई जोड्ने उद्देश्य राखेको उल्लेख गरे।
"नेप्लिज सेन्टरले संसारभर छरिएका नेपाली समुदायलाई एकीकृत गर्न र उनीहरूको व्यवसाय तथा सेवाहरूलाई प्रवर्द्धन गर्न विशेष भूमिका खेल्ने छ। हामीले क्यानाडाबाट सुरु गरेको यो प्रयासले विश्वभरका नेपालीहरूलाई जोड्दै आफ्नो मातृभूमि नेपालका लागि पनि योगदान गर्न प्रेरित गर्नेछ", उनले भने।
यस प्लेटफर्मले नेपाली व्यवसायी, कार्यक्रम आयोजक, विज्ञापनदाताहरू र सूचना प्रवाह गर्न चाहने सबैलाई एउटै भर्चुअल मञ्चमा ल्याउने छ। यस संस्थाले व्यापार र व्यवसायको प्रवर्ध, नेपाली खाना बारे जानकारी, रोजगारी, घरकोठासम्बन्धी सूचना, सभा-समारोह तथा कार्यक्रमहरूको जानकारी प्रदान गर्ने उद्देश्य राखेको नेपालले जानकारी दिए।
उनले विदेसमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने नेपालीहरूबीच सहकार्य र एकता कायम गर्न यो प्लेटफर्मले महत्त्वपूर्ण योगदान गर्ने विश्वास पनि व्यक्त गरे।

सम्बन्धित खबर


























तपाईंको प्रतिक्रिया