क्यानाडाका नेपालीद्वारा कोभिड-१९ बाट प्रभावितहरुलाई सहयोग
नेपालTouch
अन्टारियो। क्यानाडामा रहेका नेपालीहरुले रकम जुटाएर कोभिड–१९ का कारण समस्यामा परेकाहरुको सहयोगका लागि स्थानीय फुड बैंकलाई हस्तान्तरण गरेका छन्।
कोभिड–१९ का कारण जोखिममा परेकाहरुका लागि सहयोग पुर्यायउने उद्देश्यले गुएल्फस्थित फुड ब्यांकलाई सहयोग हस्तान्तरण गरिएको हो।
‘सीमाविहीन सहयोगी हातहरु’ नामक संस्थाले उक्त सहयोग गरेको हो। गैरनाफामूलक संस्थाका पदाधिकारी र सल्लाहकार समितिमा रहेका सदस्यहरुबाट संकलित ५०० क्यानेडीयन डलर गुएल्फ फुड ब्यांकलाई हस्तान्तरण गरिएको हो।
.jpg)
सहयोग हस्तान्तरण कार्यक्रममा सिटी अफ गुएल्फका मेयर केम गुथ्री पनि सहभागी थिए। कोभिड–१९ सँग सम्बन्धित प्रतिबन्धहरुका कारण गुएल्फ फुड ब्यांकहरु र अरु कतिपय संस्थाहरुले सहयोग संकलन लगायत गतिविधि पनि प्रभावित भएको उनले बताए।
यस्तो अवस्थामा सीमाविहीन सहयोगी हातहरुले गरेको सहयोगले धेरै महत्व राख्ने उनले उल्लेख गरे। सहयोगको प्रयास जारी राख्न पनि उनले आग्रह गरे।
‘सीमाविहीन सहयोगी हातहरु’ का अध्यक्ष अञ्जनीराज भट्टराईले आफनो संस्था समुदायलाई निरन्तर रुपमा सहयोग प्रदान गर्न प्रतिवद्ध रहेको बताए।
संस्थका कोषाध्यक्ष राजन छतकुलीले संस्था सानै भए पनि यसको मुटु ठूलो भएको र संस्थाका पदाधिकारीहरु र सल्लाहकार समिति सदस्यहरुले सहयोग संकलन गरी जोखिममा परेकाहरुलाई फुड ब्यांकमार्फत् सहयोग गरेको बताए।
स्वास्थ्य सावधानीका साथ आयोजना गरिएको कार्यक्रममा संस्थाका महासचिव ऋषि घिमिरे, सदस्य रविन्द्र आचार्य, सदस्य निरुपमा शर्मा, गुएल्फ फुड ब्यांकका पदाधिकारीहरु लगायतको सहभागिता थियो।
.jpg)
संस्थाले यसअघि पनि ५ हजार ७७५ क्यानेडीयन डलर संकलन गरी विभिन्न प्रान्तमा रहेका संस्थाहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरु र गैरआवासीय नेपाली संघ क्यानाडा, बागलुङ सेवा समाज क्यानाडा, फुड ब्यांक र टोरन्टो तथा गुएल्फका सामुदायिक अस्पतालहरुलाई सहयोग पुर्याएको जनाइएको छ।
यसैगरी नेपालका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौंलगायत स्थानमा बालबालिका शिक्षा तथा सामुदायिक विकास सम्बन्धी कार्यक्रम पनि विगतमा सञ्चालन गरिएको थियो।

सम्बन्धित खबर

.png)



.png)
.png)






.png)
.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया