एयर क्यानाडाले बोइङ ७३७ म्याक्सबाट सञ्चालन हुने तीन युरोपेली उडान बन्द गर्ने
नेपालTouch
अन्टारियो। एयर क्यानाडाले बोइङ ७३७ म्याक्स ८ विमानबाट सञ्चालन गर्दै आएका तीनवटा लामो दूरीका युरोपेली उडान बन्द गर्ने भएको छ।
कम्पनीले ती गन्तव्यमा एयरबस ए-३२१एक्सएलआर विमान प्रयोग गर्ने तयारी गरेको छ।
बन्द हुने उडानमा ह्यालिफ्याक्स-लन्डन हिथ्रो, मोन्ट्रियल-एडिनबरा र मोन्ट्रियल-नान्टेस रुट रहेका छन्। यी तीनवटै उडान एट्लान्टिक पार गरेर युरोप पुग्ने सेवा हुन्।
एयर क्यानाडाले भने केही अन्य एट्लान्टिक रुटमा बोइङ ७३७ म्याक्स ८ को प्रयोग जारी राख्नेछ। आगामी गर्मीयाममा ह्यालिफ्याक्स-ब्रसेल्स, मन्ट्रियल तथा टोरन्टो-केफ्लाभिक र टोरन्टो-पोन्ता डेलगाडा रुटमा यो विमान सञ्चालन गर्ने योजना छ।
एयर क्यानाडाको बोइङ ७३७ म्याक्स ८ विमानमा १७७ सिट छन्। तीमध्ये १२ बिजनेस क्लास, १८ अतिरिक्त खुट्टा फैलाउन मिल्ने सिट र १४७ सामान्य इकोनोमी सिट रहेका छन्।
विमान परिवर्तनसँगै एयर क्यानाडाले लामो दूरीका उडानमा साँघुरो शरीर भएका विमानको क्षमता र उपयोगितालाई पुनः व्यवस्थित गर्न खोजेको देखिन्छ।
ए-३२१एक्सएलआर विमान लामो दूरीका उडानका लागि तयार गरिएको एयरबसको साँघुरो 'बडी' भएको विमान हो।

सम्बन्धित खबर
.png)
.png)



.png)






.png)
.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया