लण्डन, अन्टारियोमा अध्यागमनसम्बन्धि सेमिनारको आयोजना
नेपालTouch
टोरन्टो। नेपलिज कम्युनिटी अफ लण्डन, ओन्टारियो (एनसिएल) ले गएको शनिवार लण्डन, अन्टारियोमा अध्यागमनसम्बन्धि एक सेमिनार आयोजना गरेको छ।
कार्यक्रममा आयाम इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालन रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्ट्यान्ट अशोक पौडेललेअध्यागमनसम्बन्धि विविध पक्षका बारेमा प्रश्तुति दिएका थिए।
उनले विद्यार्थी र क्यानाडाका अस्थायी बासिन्दाहरूका अध्यागमनसम्बन्धि विभिन्न प्रश्नहरूको जवाफ पनि दिएका थिए। उनले क्यानाडाको स्थायी बसोबासका बाटाहरू, काम र अध्ययन अनुमतिहरू र हालसालै भएका अध्यागमन नीतिहरूका बारेमा जानकारी उपलब्ध गराए। प्रश्नोत्तर सत्रमा सहभागीहरूले आफ्ना व्यक्तिगत प्रश्नहरूको पनि जवाफ पाएका थिए।
कार्यक्रममा नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरू, अस्थायी बासिन्दाहरू र भरपर्दो आप्रवासन सल्लाह खोजिरहेका नयाँ व्यक्तिहरूको उपस्थिति थियो। एनसिएलले सेमिनारले समुदायलाई सही र पछिल्ला जानकारी प्रदान गर्ने उद्देश्य राखेको उल्लेख गर्दै सहभागीहरूबाट अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त भएको जनाएको छ।
कार्यक्रमलाई नेपाली र अन्य समुदायका स्थानीय व्यवसायीहरूले सहयोग गरेको संस्थाका सचिव ल्हावाङ लामाले जानकारी दिए।

सम्बन्धित खबर











.png)


.png)
.png)
.png)







तपाईंको प्रतिक्रिया